म्यानचेस्टर सिटी र बार्सिलोनाको विजयी सुरूवात
सिटीको जितमा एर्लिङ हालान्ड र जेरेमी डोकुले एक/एक गोलको योगदान गरे। २१ मिनेटमा जियोभानी डि लोरेन्जो रातो कार्ड खाँदै बाहिरिएपछि नापोली १० खेलाडीमा समेटिएको थियो। यद्यपि पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन।
काठमाडौं, असोज ३ : युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी र बार्सिलोनाले विजयी सुरूवात गरेका छन्। गएराति नापोलीलाई २-० गोल र बार्सिलोनाले न्यूकासललाई २-१ गोलले पराजित गर्दै सिटीले लिगमा विजयी सुरूवात गरेका हुन्।
सिटीको जितमा एर्लिङ हालान्ड र जेरेमी डोकुले एक/एक गोलको योगदान गरे। २१ मिनेटमा जियोभानी डि लोरेन्जो रातो कार्ड खाँदै बाहिरिएपछि नापोली १० खेलाडीमा समेटिएको थियो। यद्यपि पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन। दोस्रो हाफको ५६ मिनेटमा हालान्डले गोल गरी सिटीलाई सुरूवाती अग्रता दिलाए।
६५ मिनेटमा डोकुलेय गरेको गोल निर्णायक बन्दा सिटीले उत्साहजनक सुरूवात गरेको थियो। बार्सिलोनाको जितमा दुवै गोलल मार्कस रासफोर्डले गरे। उनले ५८ र ६७ मिनेटमा गोल गरेका थिए। ९० मिनेटमा न्यूकासलका एन्थनी गोर्डनले एक गोल फर्काएका थिए।
गएराति नै फ्र्यांकफर्टले गालातासारेलाई ५-१ र स्पोर्टिङले काइरतलाई ४-१ गोलले पराजित गरेको थियो।












