Kathmandu Press

वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि नेपाली टिम घोषणा

विस्फोटक अलराउन्डर मोहम्मद आदिल आलम र ब्याट्सम्यान सन्दीप जोराले राष्ट्रिय टिममा पुनरागन गरेका छन्।
वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि नेपाली टिम घोषणा

काठामाडाैं, भदाै ३० : वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टि–२० सिरिजका लािग नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार बिहान रोहितकुमार पौडेललेको नेतृत्वमा १६ सदस्यीय टिम घोषणा गरेको हो।

विस्फोटक अलराउन्डर मोहम्मद आदिल आलम र ब्याट्सम्यान सन्दीप जोराले राष्ट्रिय टिममा पुनरागन गरेका छन्। नेपाल ए र भारतको आसामबीचको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि दुवैले राष्ट्रिय टिममा पुनरागमन गरेका हुन्। 

स्पट फक्सिङमा मुछिएपछि राष्ट्रिय टिमबाट बाहिर रहेका आदिलले आरोपबाट सफाई पाउँदै ३ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। २१ वर्षीय अदिलले सन् २०२२ को अगस्त ३०मा केन्याविरुद्ध नेपालका लागि अन्तिम खेल खेलेका थिए।

यस्तै, आसामविरुद्धको सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका १ वर्षपछि पुनरागमन गरेका हुन्। टि–२० विश्वकपमा बंगलादेशविरुद्ध खेलेयता उनी टिमबाट बाहिर रहँदै आएका थिए। 

यस्तै, अन्तिम समयमा ललित राजवंशीको स्थानमा अस्ट्रेलिया जाने नेपाली टिममा स्थान बनाएका साहब आलमले पनि वेस्टइन्डिजविरुद्धको सिरिजमा मौका पाएका छन्। 

अस्ट्रेलियामा भ्रमणमा रहेका भीम सार्की, रुपेश सिंह र रिजन ढकालले भने टिममा स्थान बनाउन सकेनन्।

नेपालले अगस्त २७, २९ र ३१मा युएईमा वेस्टइन्डिजसँग सिरिज खेल्दै छ। नेपालले पहिलो पटक आइसिसीको पूर्ण सदस्यसँग सिरिज खेल्न लागेको हो।

नेपाली टिम : रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आसिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, मोहम्मद आदिल आलम, आरिफ सेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गल्सन झा, सोमपाल कामी र साहब आलम।
 

प्रकाशित मिति: १२:१२ बजे, सोमबार, भदौ ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्