Kathmandu Press

दोलखामा एक घर जलेर खरानी

दोलखामा एक घर जलेर खरानी

दोलखा, जेठ ३ : बैतेश्वर गाउँपालिका-४ फाप्लु गोलाइका गङ्गाबहादुर दाहालका घरमा आगलागी भएको छ। आज (आइतबार) बिहान करीब ११ः३० बजेतिर भएको आगलागीबाट सम्पूर्ण घर जलेर खरानी भएको छ। 

स्थानीयवासी, इलाका प्रहरी कार्यालय, जिरी र मैनापोखरी तथा लामा कन्स्ट्रक्शनको पानी ट्याङ्कीसमेतको प्रयासमा आगलागी नियन्त्रण भए पनि घरभित्रबाट कुनै सामग्री निकाल्न नसकिएको स्थानीयवासी सुजन दाहालले जानकारी दिए। 

Hardik ivf

भूकम्पले क्षति भएपछि निर्माण भएको उक्त घरमा दाहाल परिवारको बसोबास थियो । आगलागीबाट घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, गरगहना, रुपैयाँपैसासमेत जलेर नष्ट भएको छ । विद्युतीय सर्किटबाट आगलागी भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ। 

कुनै मानवीय क्षति नभए पनि घरबासविहीन भएका अवस्थामा तत्कालै बसोबासको व्यवस्था मिलाउन स्थानीय सरकार र सहयोगी संस्थालगायत सहयोगी निकायमा अनुरोध गरिएको छ।

आगलागीबाट के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन । अहिले घटनास्थलमा प्रहरीले प्रारम्भिक मुचुल्का तयार गरिरहेको छ।

प्रकाशित मिति: १४:३९ बजे, सोमबार, जेठ ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्