पाटन कृष्ण मन्दिरमा कृष्ण जन्माष्टमी [फाटो फिचर]
लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने क्रमअनुरूप कंसलगायत दानवको अन्त्यका लागि विष्णुले कृष्णको रूप लिएको मान्यता छ।![पाटन कृष्ण मन्दिरमा कृष्ण जन्माष्टमी [फाटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1755325561.jpg)
काठमाडौं, साउन ३१ : कृष्ण जन्माष्टमीको अवसरमा आज बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनहरुको भिड लागेको छ।
लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने क्रमअनुरूप कंसलगायत दानवको अन्त्यका लागि विष्णुले कृष्णको रूप लिएको मान्यता छ। कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धमा अर्जुनलाई दिएको गीताज्ञान प्रसिद्ध छ।
देशभरिका कृष्णमन्दिरमा भगवान् कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला र पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।
प्रकाशित मिति: १२:०४ बजे, शनिबार, साउन ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)

![कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1776401827.jpg)