जनस्वास्थ्यसँग जोडिएका विषयलाई आमजनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण : सभामुख घिमिरे
सभामुख घिमिरेले रोगबारेमा भन्दा रोग लाग्नबाट जोगिने विषयलाई बढी प्राथमिकता दिएर समाचार लेख्नुपर्नेमा जोड दिए।-1755329871.jpg)
काठमाडौं, साउन ३१ : सभामुख देवराज घिमिरेले विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण रहेको बताए।
स्वास्थ्य पत्रकार मञ्च नेपालको १०औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले स्वास्थ्य पत्रकारिताले जनतालाई रोगसँग बचाउने र सूसुचित गर्ने बताए।
‘तथ्यमा आधारित जनस्वास्थ्यसँग जोडिएका विषयलाई आमजनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण काम हो, तर यो काम स्वास्थ्य पत्रकारहरुले गर्दै आउनुभएको छ,’ उनले भने ‘अबको चुनौती एआईलगायत प्रविधिको दुरुपयोग, भाइरल गराउने नाममा आउने फेक न्यूजलाई रोक्नु हो। यसमा विधागत पत्रकारिता गर्ने व्यक्ति र संस्थाहरु बढी जिम्मेवार हुनुपर्छ। मलाई लाग्छ स्वास्थ्य पत्रकार र मञ्च यसमा सचेत हुनुहुन्छ।’
सभामुख घिमिरेले रोगबारेमा भन्दा रोग लाग्नबाट जोगिने विषयलाई बढी प्राथमिकता दिएर समाचार लेख्नुपर्नेमा जोड दिए।
यस्तै, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जनचेतनाको कारणले रोग बढ्ने गरेको भन्दै स्वास्थ्य पत्रकारिताको रोगबारे जनचेतना जगाउनुपर्ने बताए। उनले स्वास्थ्य पत्रकारहरुले राज्य तथा स्वास्थ्य क्षेत्रको नेतृत्व गरेकालाई दबाब दिन सक्ने बताए।












