Kathmandu Press

आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, हिमाली भूभागमा हिमपातको सम्भावना

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।
आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौं, असाेज१९ : कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको साथै पश्चिमी वायूको आंशिक प्रभाव समेत रहेको छ।

देशको हिमाली र पहाडी भूभागमा आंशिक देखि साधारणतया बादल लागेको छ। लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको थोरै स्थानमा बागमती र लुम्बिनी प्रदेशको एकरदुई स्थानमा हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साथै देशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । 

कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपात र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा साथै कर्णाली प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा रहिमपातको सम्भावना छ। 

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश पहाडी भूभागको थोरै स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेश, कोशी, बागमती, गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक(दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।

 

प्रकाशित मिति: ०७:०८ बजे, सोमबार, असोज १९, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्