Kathmandu Press

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालः  एक वर्षमा २१ हजारको सफल प्रसूति

वार्षिकोत्सव समारोहमा अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा मात्रै करिब २१ हजार सफल प्रसूति गराइएको र बहिरंग विभागबाट २ लाख ३३ हजार भन्दा बढीले सेवा लिएको जानकारी दिइएको थियो।
परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालः  एक वर्षमा २१ हजारको सफल प्रसूति

काठमाडौं, साउन ३१ : देशको विशिष्टीकृत महिला स्वास्थ्य संस्था, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले शनिबार एक समारोहका बीच आफ्नो ६६औं वार्षिकोत्सव मनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अस्पतालले विगत एक वर्षमा हासिल गरेका उपलब्धि, सेवा विस्तारका योजना र मातृशिशु स्वास्थ्यमा पु¥याएको योगदानको विस्तृत समीक्षा प्रस्तुत गरिएको थियो।

वि.सं.२०१६ सालमा ४० शैय्याबाट सुरु भएको यो अस्पताल आज ४८९ शैय्या सञ्चालन गर्दै लाखौं महिला तथा नवजात शिशुको आस्थाको केन्द्र बनेको छ।

Photo-(14)-(5)-1755329133.jpg

वार्षिकोत्सव समारोहमा अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा मात्रै करिब २१ हजार सफल प्रसूति गराइएको र बहिरंग विभागबाट २ लाख ३३ हजार भन्दा बढीले सेवा लिएको जानकारी दिइएको थियो।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रीले प्रसूति गृहले नेपालको मातृशिशु स्वास्थ्य सुधारमा खेलेको ऐतिहासिक भूमिकाको प्रशंसा गरेका थिए। 

अस्पतालले सुरु गरेको ‘नियोनेटल स्क्रिनिङ’, ‘ह्युमन मिल्क बैंक र पुनः सञ्चालनमा ल्याइएको आईभीएफ सेवा जस्ता नवीनतम कार्यहरू राष्ट्रिय स्वास्थ्य प्रणालीकै लागि अनुकरणीय भएको मन्त्री पौडेलले बताए। 

Photo-(10)-(16)-1755329134.jpg
 

भविष्यमा ‘परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताललाई ११ बेड थप गरेर ५०० बेड बनाइने’ साथै काठमाडौंका दुई नगरपालिकामा ‘२५–२५ शैय्याको स्याटेलाइट प्रसूति अस्पताल निर्माण’को सम्झौता गरेर उपत्यकाको बढ्दो चापलाई व्यवस्थापन गर्ने तयारी रहेको मन्त्री पौडेलले जानकारी गराए। 

‘प्रसूति गृह केवल एक अस्पताल होइन, यो लाखौं आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर हो। यसको ६६ वर्षको यात्रा नेपालको स्वास्थ्य क्षेत्रको विकासको साक्षी हो,’ उनले भने, ‘सरकारले हालै ल्याएको निःसन्तान उपचार मापदण्डको सफल कार्यान्वयनमा यस अस्पतालको पुनःस्थापित आईभीएफ सेवाले नेतृत्वदायी भूमिका खेल्नेछ। अस्पतालले सुरु गरेको नियोनेटल स्क्रिनिङ, मिल्क बैंक जस्ता कार्यक्रमले नवजात शिशुको मृत्युदर घटाउन महतवपूर्ण भूमिका खेल्नेमा म विश्वस्त छु।’ 

प्रकाशित मिति: १३:१० बजे, शनिबार, साउन ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्