Kathmandu Press

झुम्का कारागारबाट भागेका कैदी विर्तामोडबाट पक्राउ

तीन दिनअघि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी रुपक पौडेल खत्रीलाई प्रहरीले झापाको बिर्तामोड–१०, विराटपोखरस्थित आफन्तको घरबाट पक्राउ गरिएको हाे।
झुम्का कारागारबाट भागेका कैदी विर्तामोडबाट पक्राउ

सुनसरी, साउन ३१ : तीन दिनअघि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन्।

कारागारबाट भागेका कैदी खोटाङको प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई प्रहरीले झापाको बिर्तामोड–१०, विराटपोखरस्थित आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिमिल्सिनाले जानकारी दिए।

जबर्जस्ती करणी कसूरमा कारागारमा सजाय भोगिरहेका पौडेल खत्रीलाई प्रहरीले पक्राउ गरी थप कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ। जबरजस्ती करणी कसूरमा १३ वर्ष कै्रद सजाय पाएका खत्रीले एक बर्ष कैद भुक्तान गरेका छन्।
 

प्रकाशित मिति: १३:१६ बजे, शनिबार, साउन ३१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्