Kathmandu Press

प्यालेस्टाइनको समर्थनमा अमेरिकामा प्रदर्शन 

वासिङ्टन, जेठ २ : इजरायल र प्यालेस्टाइनी समूह हामासबीच भइरहेको द्वन्द्वको विषयलाई लिएर प्यालेस्टाइनको समर्थनमा अमेरिकामा प्रदर्शन गरिएको छ ।प्यालेस्टिनको समर्थनमा हजारौं प्रदर्शनकारीले...
प्यालेस्टाइनको समर्थनमा अमेरिकामा प्रदर्शन 
Hardik ivfHardik ivf

वासिङ्टन, जेठ २ : इजरायल र प्यालेस्टाइनी समूह हामासबीच भइरहेको द्वन्द्वको विषयलाई लिएर प्यालेस्टाइनको समर्थनमा अमेरिकामा प्रदर्शन गरिएको छ ।

प्यालेस्टिनको समर्थनमा हजारौं प्रदर्शनकारीले गाजामा भएको घातक इजरायली हवाई आक्रमणको अन्त्य माग गर्दै अमेरिकामा विरोध प्रदर्शन गरेका हुन्।

अमेरिकाको लस एन्जलस, न्युयोर्क, बोस्टन, फिलाडेल्फिया र अन्य राज्यका सहरमा हजारौं मानिस प्यालेस्टाइनको समर्थन गर्दै प्रदर्शनमा उत्रिएका छन्। 

शनिबार अमेरिकाको लस एन्जलस राज्यमा प्रदर्शनकारीले ‘स्वतन्त्र प्यालेस्टाइन’ को नारासहित यातायात बन्द गरेका थिए। 

त्यस्तै न्युयोर्कमा प्रर्दशनकारीको विशाल भीडले  ‘नदीदेखि समुद्रसम्म, प्यालेस्टाइन स्वतन्त्र हुनेछ’ जस्ता नाराका साथ प्रर्दशन गरेका थिए।

गत सोमबारबाट इजरायल र प्यालेस्टाइनी आतंकवादी समूह हामासबीच भएको आक्रमणमा परी प्यालेस्टाइनमा कम्तीमा पनि १ सय ४५ जनाको मृत्यु भएको छ भने इजरायलमा १० जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: १२:५३ बजे, आइतबार, जेठ २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्