Kathmandu Press

निषेधाज्ञाबीचमै नेप्सेमा सुधार, २७.४७ अंकले बढ्यो

काठमाडौं, वैशाख २८ : कोरोनाको दोस्रो लहरले जनजीवन प्रभावित भए पनि धितोपत्र बजारमा त्यसले कुनै असर गरेको छैन । मंगलबार नेप्से परिसूचकमा भारी...
निषेधाज्ञाबीचमै नेप्सेमा सुधार, २७.४७ अंकले बढ्यो
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख २८ : कोरोनाको दोस्रो लहरले जनजीवन प्रभावित भए पनि धितोपत्र बजारमा त्यसले कुनै असर गरेको छैन । मंगलबार नेप्से परिसूचकमा भारी वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेम्बर २७.४७ अंकले बढेको छ। योसँगै नेप्से २६७३.३१ मा पुगेको छ । कारोबार रकम समेत झण्डै ६ अर्ब रुपैयाँ बराबर भएको छ ।

स्टक एक्सचेन्जका अनुसारका अनुसार कूल २२० कम्पनीको एक करोड आठ लाख १९ हजार ५३५ कित्ता शेयर ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । जीवन बीमा, व्यापार र निर्जीवन बीमा कम्पनीको शेयरमा सबैभन्दा बढी वृद्धि भएको छ । जीवन बीमा २६७.१८, व्यापार २२१.६७  र निर्जीवन बीमा १७६.४८ बिन्दुले उकालो लागेको छ ।

बैंकिङ ३.३८, होटल तथा पर्यटन २३.१९, विकास बैंक १५.२३, जलविद्युत् २१.०७, वित्त १७.४९, उत्पादन १३९.७, अन्य ५३.१३, लघुवित्त ६५.१२, सामूहिक लगानी कोष ०.०२ र लगानी १.४९ बिन्दुले उकालो लागेको छ ।

आजको वृद्धिपछि बजार पूँजीकरण समेत पुनः उच्च बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार कूल ३७ खर्ब ९ अर्ब ५ करोड ६८ लाख ७४ हजार ५०६ रुपैयाँ बराबरको बजार पूँजीकरण भएको छ । अर्थतन्त्रका अन्य क्षेत्र समस्यामा परेको बेला मुलुकको शेयर बजारले भने सकारात्मक दिशानिर्देश गरेको छ ।

नेप्सेका अनुसार आज बोटलर्स नेपाल तराई र रुरु जलविद्युत् कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर क्रमशः १० र ९.९७ प्रतिशतले वृद्धि भए । युनाइटेड मोदी ९.९१, गुह्यश्वरी मर्चेन्ट बैंक ९.८८ र समता घरेलु लघुवित्तका लगानीकर्ताले ९.०५ प्रतिशतले कमाए । यस्तै, विशाल बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाएर नकारात्मक सर्किट लाग्यो । लिवर्टी इनर्जी २.९९ र बरुण हाइड्रोपावरका लगानीकर्ताले २.१८ प्रतिशतले गुमाए ।

कारोवारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ७६ करोड ६५ लाख ३४ हजार ४१८ बराबरको कारोवार भयो । यस्तै अपि पावर २० करोड २३ लाख ७० हजार ३८१ रुपैयाँ र शिवम् सिमेन्ट रु १६ करोड २२ लाख ७० हजार ४२९ बराबरको कारोबारका साथ शीर्ष स्थानमा रहे ।

 

प्रकाशित मिति: १९:४८ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्