पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय उद्घाटनमा को–को पुगे?
कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कर्ण थापालगायतका नेताहरू सहभागी भए ।
काठमाडौं, भदौ ५ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार बिहीबार दिउँसो नयाँ बानेश्वर थापा गाउँस्थित लाखेचौरमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरिन्।
भण्डारीले ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट सम्पर्क कार्यालय स्थापना गरिएको छ।
कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कर्ण थापालगायतका नेताहरू सहभागी भए । व्यवस्थापन समितिका संयोजक रहेका थिए बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल।
पूर्वमन्त्री रहेका एमाले नेता महेन्द्र पाण्डे, एमाले केन्द्रीय सल्लाहकार युवराज कार्की, केन्द्रीय सदस्य बाबुराम थापा, संविधानसभा सदस्य विकास लम्साल, भण्डारी राष्ट्रपति हुँदाका सल्लाहकार सुशिल प्याकुरेल, काठमाडौंका पूर्वउपमेयर विदुर मैनाली, प्रतिनिधिसभा सदस्य सरिता न्यौपाने, बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ, पेशागत महासंघका अध्यक्ष पुन्य ढकाल, कृष्णप्रसाद दाहाल, युवा नेता प्रकाश पौडेल, सुमन पुरी, पत्रकारका नेता राजेश राई, युवा संघका पूर्वउपाध्यक्ष रोशन बस्नेत पनि पुगेका छन्।
कार्यक्रममा एमाले नेताहरू कृष्ण प्रसाद दाहाल, सरिता न्यौपाने, बाबुराम गौतम, बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, काठमाडौं अध्यक्ष दिपक निरौला पनि देखिए । उद्घाटन समारोहमा मदन भण्डारीको तस्बिरमा माल्यार्पण गरेपछि मदनका चर्चित भाषण पनि सुनाइयो।
भण्डारीलाई पार्टीमा फर्किन बन्देज गरिएपछि सम्पर्क कार्यालयमार्फत् राजनीतिक गतिविधि अघि बढाउन खोजेकी छन्। उनले संपर्क कार्यालय खोजेर पार्टी राजनीतिमा पुनः सक्रिय भएको सन्देश दिन खोजेकी छन्। एमालेको संगठन र जनताको बहुदलीय जनवाद ९जबज० को विस्तार गर्ने उनको अभियान रहेको छ।
आफ्ना पति एवम् नेकपा ९एमाले० का तत्कालीन महासचिव मदन भण्डारीले २०४८ सालमा चुनावी कार्यक्रमका लागि भनेर खोलेको सम्पर्क कार्यालय रहेकै घरलाई नै पूर्व राष्ट्रपति भण्डारीले सम्पर्क कार्यालय बनाएकी छन्।
भण्डारीकी छोरी उषाकिरण अध्यक्ष रहेको मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको हीरक जन्म जयन्ती मनाउन भन्दै डोरमणि पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति घोषणा पनि गरिएको छ।












-ink-1744291933.jpeg)