दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा एकैदिनमा थपिए ३ लाख ८२ हजार संक्रमित
काठमाडौ, वैशाख २२ : दोस्रो लहरको कोरोना संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ३ लाख ८२ हजारमा संक्रमण भएको छ ।विश्वकै अतिप्रभावित मुलुक बनेको भारतमा...
काठमाडौ, वैशाख २२ : दोस्रो लहरको कोरोना संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ३ लाख ८२ हजारमा संक्रमण भएको छ ।
विश्वकै अतिप्रभावित मुलुक बनेको भारतमा पछिल्लो २४ घण्टामा मात्र ३ लाख ८२ हजार ६९१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो यो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ६ लाख ५८ हजार २४३ पुगेको छ ।
हालसम्म भारतमा १ करोड ६९ लाख ३८ हजार ४०० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख ९३ हजार ६६५ रहेको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ ।
त्यहा आज एकैदिन ३७ सय ८६ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ ।
पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख २६ हजार १६९ पुगेको छ ।
प्रकाशित मिति: ०७:५८ बजे, बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार