Kathmandu Press

वैवाहिक जीवनको २७ वर्षपछि बिल गेट्सको सम्बन्धविच्छेद

काठमाडौं, वैशाख २१ : विश्वकै धनी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सको सम्बन्धविच्छेद भएको छ । दुवैले आफ्नो २७ वर्षको वैवाहिक जीवनको...
वैवाहिक जीवनको २७ वर्षपछि बिल गेट्सको सम्बन्धविच्छेद

काठमाडौं, वैशाख २१ : विश्वकै धनी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सको सम्बन्धविच्छेद भएको छ । दुवैले आफ्नो २७ वर्षको वैवाहिक जीवनको अन्त्यको घोषणा गरेका हुन्।​

विल र मेलिन्डाले आफुहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमा बताएका छन्। उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिएको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, “लामो छलफलपछि हामीले हाम्रो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गर्यौँ । २७ वर्षमा आफ्ना तीन सन्तानलाई पालनपोषण गरेर ठूलो बनायौँ । हामीले विश्वभरका मानिसहरुको उत्कृष्ठ कामको लागि फाउन्डेशन पनि बनायौँ । हामी यो मिसनमा आगामी दिनमा पनि एकसाथ रहनेछौँ । तर, पति पत्नीको रुपमा भने एक साथ रहन सक्दैनौँ । त्यसैले नयाँ जिवन सुरु गर्न जादैछौँ ।”

बिल गेट्स र मेलिन्डाको विवाह सन् १९९४ मा भएको थियो । 

प्रकाशित मिति: ०७:४८ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्