Kathmandu Press

ट्रेडिङमा महेश काफ्लेको ‘तातो गोली’ (भिडियो)

काठमाडौं, वैशाख १९ : पछिल्लो समयका चल्तीका गायक महेश काफ्लेको ‘तातो गोली’ (माया बिरानी-२) बोलको गीत छोटो समयमै दर्शक, श्रोताको मन जितेको छ...
ट्रेडिङमा महेश काफ्लेको ‘तातो गोली’ (भिडियो)
Hardik ivfHardik ivf

काठमाडौं, वैशाख १९ : पछिल्लो समयका चल्तीका गायक महेश काफ्लेको ‘तातो गोली’ (माया बिरानी-२) बोलको गीत छोटो समयमै दर्शक, श्रोताको मन जितेको छ ।

हालसालै सार्बजनिक भएको काफ्लेको ‘तातो गोली’ बोलको गीत छोटो समयमै युटुबको ट्रेनिङमा आएको हो । जी टु वान डिजिटल युट्युब च्यानल बाट सार्बजनिक गरिएको उक्त गीतलाई तीन दिनमै झण्डै ५ लाख दर्शकको माया पाउँदै युटुब ट्रेनिङको आठौ स्थानमा पर्न सफल भएको हो ।

काफ्ले स्वयमकै शब्द तथा स्वर रहेको गीतको आवाजमा गायिका मेलिना राईले साथ दिएकी छिन्  । असीम शाहको निर्देशनमा तयार पारिएको भिडियोमा महेश सहित निश्चल बस्नेत, स्वस्तिमा खड्का र पुष्कर गुरुङको अभिनय देख्न सकिन्छ ।

उदय राज पौडेलको संगीत संयोजन, हरि हुमागाईँको छायाङ्कन रहेको गीतलाई लोकेश बज्राचार्यको सम्पादन गरेका हुन् । काफ्लेको यसअघि सार्वजनिक भएको नाच फिरिरि, माया बिरानी र लज्जावती झार औधी रुचाईएका गीतहरु हुन् । 

प्रकाशित मिति: ०७:१७ बजे, आइतबार, वैशाख १९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘बोक्सीको घर’ प्रदर्शनमा
‘बोक्सीको घर’ प्रदर्शनमा
आजबाट सिनेमा हलमा  ‘बोक्सीको घर’ 
आजबाट सिनेमा हलमा  ‘बोक्सीको घर’