Kathmandu Press

जनकपुरको कटैयाचौरी नजिक एक किशोरीको हत्या, दुई जना घाइते

अज्ञात व्यक्तिकाे धारिलो हतियार प्रहारबाट १४ वर्षीया अञ्चली यादवको ज्यान गएको हो। 
जनकपुरको कटैयाचौरी नजिक एक किशोरीको हत्या, दुई जना घाइते

धनुषा, साउन १३ : जनकपुरधाम उपमहानगरपालिका–४ स्थित कटैयाचौरी नजिक गएराति धारिलो हतियार प्रहारबाट एक किशोरीको हत्या भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन्।

अज्ञात व्यक्तिकाे धारिलो हतियार प्रहारबाट १४ वर्षीया अञ्चली यादवको ज्यान गएको हो। 

घटनामा उनीकी आशा यादव र भतिजी राधा यादव घाइते भएकी छन्। उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको छ।

मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार घटना राति करिब ११ बजेतिर भएको हो। अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

अहिले घटनाको अनुसन्धान तीव्र पारिएको र फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १२:५८ बजे, मंगलबार, साउन १३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्