पोखरामा भेटिएका हायु परिवार आफन्तको जिम्मा लगाइयो
उर्मिला हायुको १६ जनाको परिवारलाई मंगलबार पोखरा–३० कै वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्त धनबहादुर तामाङको जिम्मा लगाइएको छ।-1753773652.jpg)
रामेछाप, साउन १३ : सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारलाई प्रहरीले पोखरामा फेला परेपछि आफन्तको जिम्मा लगाएको छ।
पोखरा महानगरपालिका–३०, गगनगौँडामा सोमबार बेलुका भेटिएका उर्मिला हायुको १६ जनाको परिवारलाई मंगलबार पोखरा–३० कै वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्त धनबहादुर तामाङको जिम्मा लगाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए।
कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार हायु परिवारका १६ जना सदस्य दुई फरक स्थानमा फेला परेका थिए। तीमध्ये १२ जना सोमनाथ पौडेलको घरमा र बाँकी चार जना चन्द्र भण्डारीको घरमा रहेका थिए।
प्रहरीका अनुसार उनीहरू शनिबार बिहानको राति १ बजेतिर सिन्धुलीबाट हिँडेर आइतबार दिउँसो पोखरा पुगेका थिए। त्यसपछि लेकसाइडस्थित होटल जननीमा बास बसेर होटलबाट चेकआउट गरी हिँडेका उनीहरू सोमबार पोखरा–३० का दुई घरमा फेला परेका थिए।
सिन्धुलीबाट सम्पर्कविहीन भएको हायु परिवारले केही दिनअघि मात्र सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता बुझेका थिए। त्यसपछि उनीहरूले गाउँका अन्य व्यक्तिलाई जानकारी नदिई बस्तुभाउ त्यतिकै छाडेर भान्सामा समेत आगो लगाइ अचानक गाउँ छाडेका थिए।
उनीहरूले गाउँ छाड्नुको कारणबारे प्रहरी अनुसन्धान जारी रहेको छ। प्रारम्भिक बयानमा परिवारका सदस्यले ‘बेलाबेलामा बिरामी पर्ने समस्या रहेकाले धामीले उक्त ठाउँमा नबस्न सुझाव दिएपछि गाउँ छाडेको’ बताएका छन्।



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)