Kathmandu Press

वीरगञ्ज महानगरभित्रका सबै शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द

वीरगञ्‍ज, वैशाख ७ : वीरगञ्ज महानगरपालिकाभित्रका सबै शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द हुने भएका छन् । कोरोना संक्रमण बढेको भन्दै प्रशासन कार्यालय पर्साले वीरगञ्ज...
वीरगञ्ज महानगरभित्रका सबै शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द
Hardik ivfHardik ivf

वीरगञ्‍ज, वैशाख ७ : वीरगञ्ज महानगरपालिकाभित्रका सबै शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द हुने भएका छन् । कोरोना संक्रमण बढेको भन्दै प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरभित्रका शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको हो । 

प्रशासन कार्यालयले  वीरगञ्ज महानगरभित्रका विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र बन्द गर्दै अनलाइन कक्षा सञ्चालन गर्न गराउन निर्देशन दिएको छ । यस्तै प्रशासन कार्यालयले विद्यालय र कलेजको पूर्व निर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमको प्रयोगात्मक कक्षा जनस्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न भनेको छ । 

यस्तै भिडभाड हुने सिनेमा हल पार्टी प्यालेस, जिमखाना, स्विमिङ पुल, सभा, आमसभा, जुलुस, हाटबजारलगायतस्थनमा २५ जना बढी उपस्थित नहुन प्रशासनले निर्देशन दिएको छ । 

यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वीरगञ्ज महानगरसहित देशभरका ४० स्थानिय तहमा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति: १६:२५ बजे, मंगलबार, वैशाख ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्