Kathmandu Press

त्रिकाेणात्मक सिरिज : नेपालले रक्षा गर्न सकेन २०७ रनको लक्ष्य

पहिला ब्याटिङ गर्दै नेपालले दिएको २०७ रनको ठूलो लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो । योसँगै नेदरल्यान्ड्सले प्रतियोगिताको उद्घाटन खेलमा प्राप्त हारको बदला पनि लियो।
त्रिकाेणात्मक सिरिज : नेपालले रक्षा गर्न सकेन २०७ रनको लक्ष्य

काठमाडौं, वैशाख ७ : मंगलबार कीर्तिपुरस्थित टियू मैदानमा नेपालले टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनायो । तर, नेपालले त्यो लक्ष्य रक्षा गर्न सकेन, नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भयो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको २०७ रनको ठूलो लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो । योसँगै नेदरल्यान्ड्सले प्रतियोगिताको उद्घाटन खेलमा प्राप्त हारको बदला पनि लियो।

नेदरल्यान्ड्सको जितमा बास डे लिडले सर्वाधक ८१ रन बनाए । नटआउट रहेका उनले ४२ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । यस्तै, कप्तान बेन कुपरले ३५ बलमा १० चौका प्रहार गर्दै ५५ रन बनाए भने पिटर सिलारले १५ बलमा ३१ रन बनाए।

Hardik ivf

खेलको अन्तिम ३ ओभरको बाँकी छँदा नेपाल बलियो अवस्थामा थियो । नेदरल्यान्ड्स १६२–४ को अवस्थामा थियो, उसलाई जितका लागि १८ बलमा ४५ रन चाहिएको थियो ।

१८औं ओभरमा बलिङका लागि सन्दीप लामिछाने आए । १८औं ओभरका सुरुवाती ३ बलमा सन्दीपलाई लागतार ३ छक्का प्रहार गर्दै सिलारले नेदरल्यान्ड्सको पक्षमा मोडे। सो ओभरमा सन्दीपले सिलारको विकेट लिए पनि २० रन खर्चिए।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा ४८ रन खर्चिए। यस्तै, कुशल मल्ल, अविनाश बोहरा र करण केसीले समान १ विकेट लिए।

कुशल र दीपेन्द्रको शतकमा नेपालको कीर्तिमानी योगफल

ओपनर कुलश भुर्तेल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि पहिला ब्याटिङ गरेको नेपालले २०६ रनको कीर्तिमानी योगफल बानायो । यो नेपालको टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक ठूलो स्कोर हो।

टियू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर २०६ रन बनायो। नेपालका लागि कुशलले कीर्तिमानी इनिङ खेल्दै सर्वाधिक ६२ रन बनाए भने दीपेन्द्रले ६० रन बनाए।

त्रिकोणात्मक टि–२० सिरिज मार्फत् नै टि–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका कुशलले लागतार तेस्रो खेलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाए। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा कुशलले १३औं ओभरका अन्तिम बलमा छक्का प्रहार गर्दै कुशलले अर्धशतक प्रहार गरे । उनले लगातार तेस्रो अर्धशतक प्रहार गर्ने क्रममा ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे।

४६ बलमा खेलेका कुशलले ८ चौका र १ छक्का प्रहार गर्दै ६२ रन बनाए । असघि कुशलले उद्घाटन खेलमा नेदरल्यान्ड्विरुद्ध ६४ र मलेसियाविरुद्ध ६२ रन बनाएका छ।

यस्तै दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक प्रहार गरेका छन् । नेदरल्यान्ड्सविरुद्ध आक्रमक इनिङ गरेका ऐरीले ३० बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६० रन बनाएर आउट भए। त्रिकोणात्मक सिरिजमा नेपालको चौथो अर्धशतक हो।

यस्तै, सोमपाल कामीले १३ बलमा ३१, कप्तान ज्ञानेन्द्र मल्ले १४ बलमा २० र कुशल मल्ले ७ बलमा १८ रन बनाए । नेदरल्यान्ड्सका भिविन किंगम र पिटर सिलारले समान २ विकेट लिए।

हारपछि पनि नेपाल शीर्ष स्थानमै

तेस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको त्रिकोणात्मक टि–२० सिरिजमा नेपाल शीर्ष स्थानमै छ।  प्रतियोगितामा समान दुई खेल जितेका नेपाल र नेदरल्यान्ड्सको समान ४ अंक छ। नेपाल रनरेटमा माथि रहँदै शीर्ष स्थानमा छ। जितबिहीन मलेसिया पुछारमा छ।

नेपालको रनरेट २.१२२ रहेकाले अन्तिम खेलमा मलेसियासँग पराजित झिनो अन्तरले पराजित भए पजि नेपाल फाइनल पुग्ने छ। यदि बुधबार हुने खेलमा नेदरल्यान्ड्सले मलेसियालाई हराए फाइनलमा नेपाल र मलेसिया भिड्ने छन्। यदि मलेसिया विजयी भएमा भने नेपाल र मलेसियाबीचको अन्तिम खेलबाट मात्रै फाइनल पुग्ने टिमको टुंगो लाग्ने छ।

 

प्रकाशित मिति: १७:१० बजे, मंगलबार, वैशाख ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्