Kathmandu Press

कर्णाली प्रदेशका तीन मन्त्रीले दिए सामूहिक राजीनामा 

एमालेका आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष सामूहिक राजीनामा दिएका हुन् ।
कर्णाली प्रदेशका तीन मन्त्रीले दिए सामूहिक राजीनामा 

सुर्खेत, चैत २४ : कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिएका छन् ।  

एमालेका आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष सामूहिक राजीनामा दिएका हुन् ।   

आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले आफूहरुले सामूहिक राजीनामा दिएको पुष्टि गरेका छन् । 

कर्णालीमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थियो । आइतबार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो भने चैत ४ गते पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति: १३:४३ बजे, मंगलबार, चैत २४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्