Kathmandu Press

भुटानी शरणार्थी प्रकरणका अभियुक्त रायमाझी कारागार फर्के, पाण्डे भने घरमै 

रायमाझी जेनजीको प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट फरार रहेका रायमाझी दुई साता घरमा बिताएर मंगलबार कारागार फर्केका हुन्। 
भुटानी शरणार्थी प्रकरणका अभियुक्त रायमाझी कारागार फर्के, पाण्डे भने घरमै 
फाइल तस्बिर।

काठमाडौं, असोज ७ : जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार रहेका नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त टोपबहादुर रायमाझी पुनः कारागारमै फर्केका छन्।

रायमाझी जेनजीको प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट फरार रहेका रायमाझी दुई साता घरमा बिताएर मंगलबार कारागार फर्केका हुन्। 

रायमाझी र रास्वपा सभापति रवि लामिछानेसँगै सुन्धारा कारागारबाट तीन हजार तीन सय कैदीबन्दी भागेका थिए । करिब आधा कदी कारागार फर्किएका थिए।

रायमाझी काठमाडौं जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा छन्। रायमाझीसँगै सुन्धारा कारागारबाट तत्कालीन सचिज टेकनारायण पाण्डे पनि भागेका थिए। पाण्डे भने घरै छन्। 
 
प्रकाशित मिति: १४:४६ बजे, मंगलबार, असोज ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्