Kathmandu Press

दुवाडीलाई गृहसचिवबाट हटाइयो, दंगाललाई जिम्मेवारी

जेनजी आन्दोलनमा भएको दमनमा दुवाडीको पनि नाम जोडिएपछि सरकारले उनलाई जिम्मेवारीबाट हटाएको हो।
दुवाडीलाई गृहसचिवबाट हटाइयो, दंगाललाई जिम्मेवारी

काठमाडौं, असोज ७ : गृहसचिव गोकर्णमणि दुवाडीलाई जिम्मेवारीबाट हटाइएको छ। 

जेनजी आन्दोलनमा भएको दमनमा दुवाडीको पनि नाम जोडिएपछि सरकारले उनलाई जिम्मेवारीबाट हटाएको हो।

उनको स्थानमा रामेश्वर दंगललाई गृहमसचिवको जिम्मेवारी दिएको छ। उनी यसअघि रक्षामन्त्रालयमा थिए।

दुवाडीलाई राष्ट्रिय योजना आयोग पठाइएको छ। 

यो निर्णय कार्यान्वनमा भने आइसकेको छैन। आज या भोलिबाटै निर्णय कार्यान्वयनमा आउने बताइएको छ।

प्रकाशित मिति: १३:३७ बजे, मंगलबार, असोज ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्