Kathmandu Press

सांसद आचार्यको पहलमा बेत्रावती-गोसाइकुण्ड रणनीतिक सडक निर्माण हुने 

काठमाडौं, चैत्र २४ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको तर्फबाट रसुवा जिल्लाबाट निर्वाचित सांसद मोहन आचार्यको पहलमा नुवाकोटको बेत्रावतीदेखि रसुवाको गोसाइकुण्डसम्मको रणनीतिक सडक...
सांसद आचार्यको पहलमा बेत्रावती-गोसाइकुण्ड रणनीतिक सडक निर्माण हुने 

काठमाडौं, चैत्र २४ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको तर्फबाट रसुवा जिल्लाबाट निर्वाचित सांसद मोहन आचार्यको पहलमा नुवाकोटको बेत्रावतीदेखि रसुवाको गोसाइकुण्डसम्मको रणनीतिक सडक निर्माण हुने भएको छ ।

प्रतिनिधीसभा सदस्य आचार्यको पहलमा बेत्रावती–कालिकास्थान–स्याउवारी–लोकिल–वेताङ–आरुखर्क–लाङ्बु–थाङ्दोर– सिमबन्दी हुँदै गोसाइकुण्ड जाने सडक रणनीतिक सडक आयोजनामा समावेश भएको हो । सांसद आचार्यले विस २०७६ माघ १३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई उक्त सडकलाई रणनीतिक सडक निर्माणका लागि पहल गर्न आग्रह गर्दै निवेदन दिएका थिए । सोही पहलपछि यो आयोजना रणनीतिक सडकमा समावेश भएको हो । 

“समृद्ध रसुवा– सुखी रसुवाबासी निर्माणका लागि आफुले योगदान गरिरहने सांसद आचार्य प्रतिबद्धता जनाए । सांसद आचार्यले विस २०७६ माघ २८ मा भौतिक पूर्वाधार तथा यातायात सचिवलाई पत्र लेख्दै कालिकास्थानको शहिद पार्क निर्माण, सातदोवाटो–ठूलोगाउँ–हाकु–गत्लाङ सडक तथा स्याउबारी–आरुखर्क हुँदै गोसाइकुण्ड सडकका लागि बजेट थप गर्न समेत संम्बन्धित निकायमा पत्राचार गर्नु गरेका थिए ।

उता, बोगटिटार हुदै नौकुण्ड जाने सडक मा केहि समय अघि मात्रै ४ वटा पक्कि पुलको टेन्डर समेत भैसकेको छ। ती पुलको निर्माण तोकिएको समयमै हुने सांसद आचार्यले जानकारी दिए ।  उत्तरगया गाउँपालिकाका प्रमुख उपेन्द्र लम्सालले जनप्रतिनिधिको जिम्मेवारी र कर्तव्य पूरा गर्ने सम्बन्धमा यो रणनितिक सडकले यस क्षेत्रको जनजीवन सहज हुनुका साथै पर्यटन प्रबर्धनमा समेत उल्लेखनिय योगदान दिने बताए। 

प्रकाशित मिति: ०८:१७ बजे, मंगलबार, चैत २४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्