स्वकीय सचिवमार्फ मुख्यमन्त्री लामाले राजीनामा प्रदेश प्रमुख कार्यालयमा बुझाए
सोमबार दिउँसो मुख्यमन्त्री लामाका स्वकीय सचिव छत्रबहादुर लामाले प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव बलराम गैरेलाई राजीनामापत्र बुझाएका हुन्।-(7)-1754298510.jpg)
मकवानपुर, साउन १९ : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामाले राजीनामा प्रदेश प्रमुखको कार्यालयमा पेस भएको छ।
सोमबार दिउँसो मुख्यमन्त्री लामाका स्वकीय सचिव छत्रबहादुर लामाले प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव बलराम गैरेलाई राजीनामापत्र बुझाएका हुन्।
आइतबार पत्रकार सम्मेलनको आयोजना गरि मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएका थिए।
राजीनामा दिएर लामा काठमाडौं हिडेका थिए। उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेपछि नयाँ सरकारको लागि आव्हान गर्नेछन्।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अस्पतालबाट डिस्चार्ज भएर सोमबार बिहान हेटौंडा आइपुगेका हुन्।
प्रकाशित मिति: १४:५३ बजे, सोमबार, साउन १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










