Kathmandu Press

‘बहिस्कार गरेर संसदको गरिमा र महत्व घटाइयो’

उनले राप्रपा र रास्वपाले ७० दिनदेखि संसदमा र आफ्नो कुरा राख्ने संसद बहिस्कार गर्दै भिजिट भिसाको विषयमा झूटो प्रचार गरेर जनतालाई भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने अभ्यास चलेको बताए। 
‘बहिस्कार गरेर संसदको गरिमा र महत्व घटाइयो’

काठमाडौं, साउन १९ : नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा र राप्रपालेले ७० दिनदेखि संसद बहिस्कार गरेर संसदको गरिमा र महत्व नराखेको बताएका छन्। 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राप्रपा र रास्वपाले ७० दिनदेखि संसदमा र आफ्नो कुरा राख्ने संसद बहिस्कार गर्दै भिजिट भिसाको विषयमा झूटो प्रचार गरेर जनतालाई भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने अभ्यास चलेको बताए। 

Hardik ivf

‘झण्डै ७० दिनदेखि संसदमा राप्रपा र रास्वपा दुईवटा पार्टीले संसद अवरुद्ध गर्दै आएको छ । संसदमा आफ्नो कुरा राख्ने र संसद बहिस्कार गर्ने काम गरेको छ । यो अभ्यास कति दिनसम्म यो चल्ने हो?,’ उनले भने, ‘यहाँ संसदमा उभिएर सँधै गालीगलौज गर्ने, भिजिट भिसाको नाममा मानव तस्करी गरियो भन्ने ? भिजिट भिसा भनेको मानव तस्करी हो?’

भिजिट भिसामा विदेश नजाने कुन सांसद यहाँ को छ? भन्दै प्रमुख सचेतक घिमिरेले झूटो कुरा प्रचार गरेर जनतालाई भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने जुन अभ्यास चलेको छ, यो बन्द हुनुपर्ने बताए। उनले यो प्रथालाई अब बन्द गरिएन भने संसदको गरिमा र महत्व पनि नरहने बताए। 
 

प्रकाशित मिति: १५:०६ बजे, सोमबार, साउन १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्