Kathmandu Press

फेवातालको क्षेत्रफल नाप्ने सरकारको निर्णय

काठमाडौं, फागुन ११ : पोखरास्थित फेवातालको क्षेत्रफल नापिने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फेवातालको क्षेत्रफल नाप्ने निर्णय गरेको हो।अहिले फेवातालको पानी घटाइएको...
फेवातालको क्षेत्रफल नाप्ने सरकारको निर्णय
फेवाताल।

काठमाडौं, फागुन ११ : पोखरास्थित फेवातालको क्षेत्रफल नापिने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फेवातालको क्षेत्रफल नाप्ने निर्णय गरेको हो।

अहिले फेवातालको पानी घटाइएको छ। बाँध भत्किने अवस्था आएपनि पानी घटाएर मर्मतसम्भार भइरहेको छ।

यहिवेला फेवातालको क्षेत्रफल नाप्ने मन्त्रिपरिषदले निर्णय गरेको हो। अब फेवातालको लम्बाइ, चौडाइ र गहिराइ नापिनेछ।

Hardik ivf

भारत सरकारको सहयोगमा २०१८ सालमा फेवातालको बाँध निर्माण गरिएको थियो। २०३५ सालमा बाँध भत्किएको थियो।

त्यसपछि युएनडीपीको सहयोगमा पहिलोभन्दा एक सय मिटर तल अर्को बाँध निर्माण थालिएको थियो। २०३५ देखि नै निर्माण थालिएको बाँध २०३९ मा पुनःनिर्माण गरिएको थियो।

त्यहिँ बाँध अहिलेसम्म रहेको छ। बाँध भत्किन थालेपछि मर्मत भइरहेको छ।

अब फेवातालको गहिराइ, लम्बाइ र चौडाइ नापिनेछ। अहिलेसम्मको मापन अनुसार फेवातालको क्षेत्रफल ४.४३ बर्गकिलोमिटर छ।

त्यस्तै, फेवातालको गहिराइ औषत ८.६ मिटर रहेको छ भने कुनै ठाउँमा २४ मिटर पनि रहेको छ। यो चार किलोमिटर लामो छ भने दुई किलोमिटर चौडा छ।

फेवाताल अतिक्रमणमा परेको छ। यसको क्षेत्रमा थुप्रै संरचना निर्माण भएका छन्। त्यसैले पनि यसको क्षेत्रफल मापन गर्न लागिएको जनाएको छ।

प्रकाशित मिति: १८:०० बजे, मंगलबार, फागुन ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्