११०० ले उकालो लाग्यो सुनको मूल्य
काठमाडौं, फागुन ११ : स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा एक हजारभन्दा...
काठमाडौं, फागुन ११ : स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा एक हजारभन्दा बढीले सुधार आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार र ८९ हजार ९०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज भने तोलामा ९० हजार १०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन सोमबार तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोवार भएकामा आजका लागि भने ८९ हजार ६५० रुपैयाँमा कारोवार भएको छ । तेजाबी सुनसमेत तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो ।
चाँदीको मूल्यमा समेत आज २५ रुपैयाँले वृद्धि भएको छ । तोलामा एक हजार ३३५ रुपैयाँमा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३६० रुपैयाँ मूल्य कायम भएको छ ।
प्रकाशित मिति: ११:४५ बजे, मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार