एकैदिनमा ६३.७३ अंकले घट्यो नेप्से
कुल ३१९ स्टकको १३ अर्ब ७ करोड ५० लाख ४ हजार ९२० रुपैयाँ बराबरको ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता शेयर कारोबार भएको छ।
काठमाडौं, साउन १८ : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक ६३.७३ अंकले घटेसँगै शेयर बजारमा ठुलो गिरावट आएको छ।
आज नेप्से परिसुचक २.१८ प्रतिशतले घट्दै २८५८.९० बिन्दुमा झरेर रोकिएको छ। यसअघि तीन हजार बिन्दु नाघेको नेप्से पछिल्ला केहि दिनयता निरन्तर ओरालो यात्रामा छ।
कुल ३१९ स्टकको १३ अर्ब ७ करोड ५० लाख ४ हजार ९२० रुपैयाँ बराबरको ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता शेयर कारोबार भएको छ।
आज सेन्सेटिभ इन्डेक्स १०.३७ अंकले घटेको छ। फ्लोट इण्डेक्स ४.२२ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ३.५२ अंकले घटेको छ।
आइतबार ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै १०४.३० रुपैयाँले बढेर ११४८.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी शिवश्री हाइड्रोपावरको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लाग्दै प्रतिकित्ता १९.२७ रुपैयाँले बढेर २१२.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यस्तै, थ्रि स्टार हाइड्रोको शेयर मूल्य प्रतिकित्ता ३९.८४ रुपैयाँले बढेर ९१५.८७ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने नारायणी विकास बैंकको शेयर मूल्यपनि प्रतिकित्ता ६४.१० रुपैयाँले बढेर १७२२.८६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
सान्भि इनर्जी र समता घरेलु लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेर १०÷१० प्रतिशतले घटेको छ । सान्भी इनर्जीको शेयर मूल्य ८९.१० रुपैयाँले घटेर ८०२.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, समता लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ११८.६५ रुपैयाँले घटेर १०७२.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
हिमालयन डिस्टिलरी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेन्स, सिवम् सिमेन्ट र नाग्दी ग्रुप पावर लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।










-1764753058.png)
-1764751301.jpg)
