प्रतितोला १९ सय बढेको सुनको मूल्यले बनायो नयाँ रेकर्ड
मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च हो।
काठमाडौं, साउन २० : नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्ड बनाएको छ। मंगलबार प्रतितोला १९ सय रुपैयाँले बढेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो।
मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च हो।
यसअघि वैशाख ९ गते अहिलेसम्मकै उच्च मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँमा पुगेको थियो।
यसतै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला २२५५ रुपैयाँमा कारोबार भएको चाँदी आज २२८० रुपैयाँ पुगेको छ।
प्रकाशित मिति: १२:०३ बजे, मंगलबार, साउन २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)