Kathmandu Press

ब्रिक्स सम्मेलनका लागि चीनको भारतलाई समर्थन

काठमाडाैं, फागुन १० : ब्रिक्स शिखर सम्मेलन आयोजनाका लागि भारतलाई चीनले समर्थन गर्ने भएको छ।चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वानबिनले ब्रिक्स सम्मेलनका आयोजनाका...
ब्रिक्स सम्मेलनका लागि चीनको भारतलाई समर्थन

काठमाडाैं, फागुन १० : ब्रिक्स शिखर सम्मेलन आयोजनाका लागि चीनले भारतलाई समर्थन गर्ने भएको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वानबिनले ब्रिक्स सम्मेलनका आयोजनाका लागि भारतलाई सहयोग गर्न तयार रहेको बताएका छन्। विदेश मन्त्रालयका प्रवक्ता वाङले ब्रिक्स सदस्य राष्ट्रबीचको सहयोगलाई अझ मजबुत बनाउन नयाँ दिल्लीसँग मिलेर काम गर्ने बताएका हुन्।

Hardik ivf

‘ब्रिक्स अन्तर्राष्ट्रिय मामिलामा अब सकारात्मक, स्थिर र रचनात्मक शक्ति भएको छ,’ वाङले भने, ‘चीनले यस संयन्त्रलाई महत्व दिन्छ। हामी सहयोग सुदृढीकरण गर्न रणनीतिक साझेदारीलाई प्रगाढ बनाउन प्रतिबद्ध छौं।’

ब्रिक्स समूहको अध्यक्ष राष्ट्रको हैसियतले भारतले ब्रिक्स शिखर सम्मेलन आयोजना गर्दै छ। १३औं शिखर सम्मेलन यसै वर्ष आयोजना हुनेछ।  

ब्रिक्समा विश्वका उदियमान अर्थतन्त्र भएका ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य छन्।

 

 

प्रकाशित मिति: २१:०९ बजे, सोमबार, फागुन १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्