आकस्मिक बाढीका कारण उत्तराखण्डको धरालीमा ११ सेनासहित सय बढी बेपत्ता
भारतीय सञ्चारमाध्यमहरुले आकस्मिक बाढीका कारण कम्तिमा सयजना बेपत्ता भएको बताउँदै बेपत्ता व्यक्तिहरूको खोजी गर्न भारतीय सेनाले बुधबार स्निफर कुकुर, ड्रोन र भारी अर्थ–मुभिङ उपकरणहरू ल्याएको उल्लेख गरेका छन्।
काठमाडौं, साउन २१ : आकस्मिक बाढीका कारण भारत, उत्तराखण्ड राज्यको धराली सहरमा सय भन्दा बढी बेपत्ता भएका छन्।
भारतीय सञ्चारमाध्यमहरुले आकस्मिक बाढीका कारण कम्तिमा सयजना बेपत्ता भएको बताउँदै बेपत्ता व्यक्तिहरूको खोजी गर्न भारतीय सेनाले बुधबार स्निफर कुकुर, ड्रोन र भारी अर्थ–मुभिङ उपकरणहरू ल्याएको उल्लेख गरेका छन्।
बाढीमा परी ११ जना सैनिकसमेत बेपत्ता भएको जनाइएको छ । भारतीय सेनाको भनाई उद्धृत गर्दै संचारमाध्यमले घटनास्थलमा थप सेना टुकडीहरू, सेनाका ट्र्याकर कुकुरहरू, ड्रोनहरू, लजिस्टिक ड्रोनहरू, माटो खन्ने उपकरणहरू आदि प्रयासलाई तीव्रता दिन थालिएको जनाइएको छ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार टोलीलाई ‘युद्धस्तरमा’ तैनाथ गरिएको बताएका छन्। मंगलबार दिउँसो पर्यटकीय क्षेत्रमा हिलो पानीसहित आएको डरलाग्दो लेदोको लहरले बहुतले भवनहरूलाई बगाएको भारतीय मिडियामा प्रसारित भिडियोहरूले देखाएका छन्।
भारतीय रक्षा राज्यमन्त्री सञ्जय सेठले प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) समाचार एजेन्सीलाई बताए अनुसार हालसम्म चार जनाको मृत्यु र करिब एक सय जना बेपत्ता भएको बताएका छन्।
-(56)-1764919423.jpg)




-(56)-1764919423.jpg)





