Kathmandu Press

भोलि भारतबाट १० लाख डोज खोप आउँदै

भारतबाट आइतबार कोभिड-१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आउने भएको छ। सरकारले भारतबाट खरिद गरेर खोप ल्याउन लागेको हो।
भोलि भारतबाट १० लाख डोज खोप आउँदै

काठमाडौं, फागुन ८ : भारतबाट आइतबार कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आउने भएको छ। सरकारले भारतबाट खरिद गरेर खोप ल्याउन लागेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबर एयर इन्डिया दिल्ली–काठमाडौंको दिउँसो साढे १ बजेको उडानमार्फत खोप आउन लागेको जनाएको छ। सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप प्राप्त हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

Hardik ivf

सरकारले फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो। त्यही सम्झौताअनुसार, पहिलो खेपको खोप आइतबार ल्याउन लागिएको मन्त्रालयले जनाएको छ।

भारतबाट आएको खोप विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरिनेछ। त्यसपछि फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सरकारले सेरम इन्स्टिच्युटसँग २० लाख खोप किन्ने सम्झौता गरेको छ। बाँकी खोप पनि छिट्टै ल्याइने मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति: २१:२९ बजे, शनिबार, फागुन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्