Kathmandu Press

साप्ताहिक सेयर विश्लेषण : यो साता बैंकिङ क्षेत्रमा लगानीकर्ताहरुको आकर्षण 

नेप्से परिसूचक अघिल्लो साताको अन्तिम कारोबार दिन २५२६ दशमलव ९२ को विन्दुमा बन्द भएकोमा यो सातासम्म आउँदा नेप्से परिसूचक २६३६ दशमलव ६८ को विन्दुमा बन्द भएको छ। यो साता पाँच दिन नै शेयर कारोबार भएको थियो ।
साप्ताहिक सेयर विश्लेषण : यो साता बैंकिङ क्षेत्रमा लगानीकर्ताहरुको आकर्षण 

काठमाडौं, फागुन ८ : यो साता नेप्से परिसूचक १०९ दशमलव ७६ अंंकले अर्थात अघिल्लो साताभन्दा यो साता ४ दशमलब ३४ प्रतिशतले वृद्धि भएको छ। नेप्से परिसूचक अघिल्लो साताको अन्तिम कारोबार दिन २५२६ दशमलव ९२ को विन्दुमा बन्द भएकोमा यो सातासम्म आउँदा नेप्से परिसूचक २६३६ दशमलव ६८ को विन्दुमा बन्द भएको छ। यो साता पाँच दिन नै शेयर कारोबार भएको थियो ।

यो साता बैंकिङ्गउपसुचकमा लगानीकर्ता तथा कारोबारीहरुको आकर्षण रहेको देखिन्छ। त्यसैले यो समूहका शेयरधनीले, यो साता, राम्रो कमाएका छन्।  बैंकिङ्ग उपसुचकमा ७ दशमलब ०८ प्रतिशतको वृद्धि आउँदा दोस्रो र तेश्रोमा म्यूचल फण्ड र  ट्रेडिङ्ग उपसुचकमा क्रमशः ५ दशमलव २० र ४ दशमलब ८८ प्रतिशतको वृद्धि देखिएको छ। 

यो साता होटल रनिर्माण तथा उत्पादन मुलक उपसुचकमा सर्वाधिक गिरावट रहेको देखिन्छ। यी समूहहरुमा क्रमशः १ दशमलब २२र १ दशमलब ०७ प्रतिशतको गिरावट रहेको छ। 

साताको प्राविधिक विश्लेषण
खुल्ला बिन्दुः २५३६.४७ । उच्च बिन्दुः २६४३.११ । न्यून बिन्दुः २४८१.३४ । अन्तिम बिन्दुः २६३६.६८
प्रतिरोध २ः २७०० । प्रतिरोध १ः २६४३ । टेवा १ः २६२५ । टेवा २ः २५८०

चित्र नं १ : नेप्से साप्ताहिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा साप्ताहिक मैनबत्ती बिश्लेषण अनुसार बजारले माथिल्लो गतिशील प्रतिरोध क्षेत्रलाई तोढेको छ। अन्तिम साताको मैनबत्तीले बजारको पछिल्लो समयमा क्रेताको चाप रहेको संकेत गरेको देखिन्छ। 

चित्र नं २ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, दैनिक मैनबत्ती प्रवृत्ति देखाईएको छ। यसले यो साताको अन्तिम दिनमा २६४३ दशमलब ११ को उच्च बिन्दु बनाई नयाँ कृतिमान राख्न सफल भएको छ। हाल बजारको प्रवृत्ति सकारात्मक रहेको छ। 

चित्र नं ३ : नेप्से एक घण्टाको मैनबत्ती प्रवृत्ति


चित्र नं.३ मा, एक घण्टा मैनबत्ती प्रवृत्ति देखाईएको छ। यसको प्रवृत्तिले एक पछि अर्को गर्दै नयाँ उचाईको कृतिमान बनाउँदै गएको देखिन्छ। यसलाई बजारको सकारात्मक पक्ष मानिन्छ।

समग्रमा हेर्दा बजार हाल सकारात्मका रहेको र अर्को प्रतिरोध क्षेत्र २७०० मा रहेको देखिन्छ।यो मनोबैज्ञानिक प्रतिरोध क्षेत्र हो। हालको तत्कालिन टेवा २६२५ को क्षेत्रमा रहेको देखिन्छ ।

 

प्रकाशित मिति: १६:३० बजे, शनिबार, फागुन ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्