Kathmandu Press

कांग्रेसको नेतृत्वमा मधेश प्रदेश सरकारको दाबी पेस

बुधबार प्रदेश प्रमुखको कार्यालय, जनकपुरधाममा नेपाली कांग्रेस, नेकपा एमाले र जनमत मिलेर नयाँ सरकार गठन गर्ने भन्दै दाबी पेस गरेका छन्।
कांग्रेसको नेतृत्वमा मधेश प्रदेश सरकारको दाबी पेस

धनुषा, असोज २२ : मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसको नेतृत्वमा दाबी पेस गरिएको छ।

बुधबार प्रदेश प्रमुखको कार्यालय, जनकपुरधाममा नेपाली कांग्रेस, नेकपा एमाले र जनमत मिलेर नयाँ सरकार गठन गर्ने भन्दै दाबी पेस गरेका छन्।

Hardik ivf

नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णाप्रसाद यादवको नेतृत्वमा सरकार गठन हुन लागेको छ। 

सो क्रममा नेकपा एमालेबाट मन्त्री बनेकाहरुले यसअघि नै पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको छ।

प्रकाशित मिति: २०:१६ बजे, बुधबार, असोज २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्