Kathmandu Press

हामी तेस्रो वर्षमा

काठमाडौं प्रेसबाट प्रकाशित समाचारले शक्तिमा विराजमानहरूको कुर्ची पनि हल्लिए । जसका कारण कोरोना महामारीकाबीचमा अनधिकृत रूपमा समाचार हटाइएको नयाँ आक्रमण काठमाडौं प्रेसले खेप्नुपर्‍यो । तर त्यसले हामीलाई अनलाइन पत्रकारितामा कत्तिपनि विचलित गराउन सकेन । बरु त्योसँग जुध्ने नयाँ क्षमताको विकास गरायो। 
हामी तेस्रो वर्षमा
Hardik ivfHardik ivf

हामी तेस्रो वर्षमा प्रवेश गरेका छौँ । हामीले दुई वर्षअघि आजकै दिन काठमाडौं प्रेस शुभारम्भ गर्दा भनेका थियौँ, ‘प्रिन्ट जर्नालिजम्लाई अनलाइन जर्नालिजम्ले उछिन्नेछ ।’

दुई वर्षअघि र अहिले पत्रकारिताको तुलना गर्ने हो भने हाम्रो भनाइ सत्य साबित भइसकेको छ । अनलाइन र प्रविधिको विकास र विस्तारले परम्परावादी पत्रकारिताका प्लेटफर्म साँगुरिँदै र इन्टरनेट मल्टिमिडिया फराकिलो हुँदै गएको छ । आजको मानिसले संसारलाई हातमा अर्थात् मोबाइलमा हेर्न चाहन्छ । आज अडियो, भिडियो, फोटो, अनलाइन समाचारलाई इन्टरनेटका माध्यमबाट मोबाइल लगायत साधनमा हेर्नेहरू बढिरहेका छन् । यो सुविधाका कारण मानिसले पत्रपत्रिका हेर्नैनपर्ने अवस्था सिर्जना भएको छ । यद्यपि अनलाइन मिडियाका पनि खासखास चुनौती छन्, विशेषतः कस्ता सामग्री पस्कने भन्ने सवालमा ।

काठमाडौं प्रेस सत्य–तथ्य समाचार, विचार, बहस र फिचरमा विश्वास गर्छ । यसप्रति हाम्रो लगाव र कोसिस सुरुवाती दिनदेखि नै छ ।

पत्रकारिता व्यापार होइन, पेसा हो भन्नेमा पनि हामी स्पष्ट छौँ । हामीले पत्रकारितालाई सामाजिक न्याय र समृद्धिको उज्यालो छर्ने, बाटो बिराएको शासन–प्रशासनलाई सही मार्ग देखाउने माध्यमको रूपमा लिन्छौँ । कसैको नियोजित एजेन्डा नभई आमजनताको एजेन्डा हाम्रो एजेन्डा हुनेछ । त्यसका लागि हामी आम पाठकसँग साथ र सहयोगको अपेक्षा पनि गर्छौं ।

काठमाडौं प्रेसबाट प्रकाशित समाचारले शक्तिमा विराजमानहरूको कुर्ची पनि हल्लिए । जसका कारण कोरोना महामारीकाबीचमा अनधिकृत रूपमा समाचार हटाइएको नयाँ आक्रमण काठमाडौं प्रेसले खेप्नुपर्‍यो । तर त्यसले हामीलाई अनलाइन पत्रकारितामा कत्तिपनि विचलित गराउन सकेन । बरु त्योसँग जुध्ने नयाँ क्षमताको विकास गरायो । 

अनधिकृत रूपमा समाचार हटाइएको घटनामा मिडिया, पत्रकार, आम पाठक र नागरिक समाजका प्रतिनिधिबाट हामीलाई भएको साथ र सहयोगको हामी सधैँ ऋणी छौँ । तपाईंहरूको त्यो साथ र सहयोगको ऋण हामी हाम्रा अझ परिष्कृत र सशक्त सामग्रीबाट तिर्ने प्रतिज्ञा गर्छौं । 

पत्रकारिताको विकासको दृष्टिकोणबाट हेर्दा पछिल्ला दुई वर्ष अनलाइन जर्नालिजम् खास अवसर र खास चुनौतीका बीच गुज्रनुप¥यो । यस कारण खास अवसर कि अनलाइन जर्नालिजम्प्रति मानिसहरुको रुचि बढिरहेकै बेला पछिल्लो एक वर्ष विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीका कारण प्रिन्ट मिडिया संकटमा पर्यो । र, अनलाइन पत्रकारिता विशेष माध्यम बन्न पुग्यो । योबीचमा केही समय कति प्रिन्ट मिडिया बन्दप्रायः अवस्थामा रहे । खास चुनौती यस कारण कि यो बीचमा विश्वभरि नै अर्थतन्त्रमाथि नकारात्मक प्रभाव पर्यो।

अर्थतन्त्र चलायमान नभएका बेला अन्य कुनै पनि क्षेत्र चलायमान हुन कठिन हुन्छ । कोभिडले पत्रकार लगायत धेरैलाई बेरोजगार बनाएको छ । योसँगै कोभिडले अनलाइन पत्रकारितालाई मूलप्रवाह पनि बनाएको छ । कोरोना महामारी घट्दै गएर अर्थतन्त्र चलायमान हुँदै गएको अवस्थामा अनलाइन पत्रकारिताको भविष्य थप उज्ज्वल देखिएको छ। 

पछिल्लो परिस्थितिका कारण हामीलाई चुनौती बढी अवसर कम पक्कै भएको हो । तर, समग्र पत्रकारिताभित्र अनलाइन पत्रकारिताको विश्वसनीयता र व्यवसायिकता बढाउन हाम्रो कोसिस रहिरह्यो। 

आगामी दिनमा अझै अनलाइन पत्रकारितालाई विश्वसनीय र पठनीय बनाउने हौसला हामीलाई दैनिक हामीसँग जोडिने हजारौँ पाठकबाट मिलेको छ । हामी समाचारका हेडिङ बेच्न कहिल्यै हतार गर्ने छैनौँ । हाम्रो प्रतिस्पर्धाको विषय तथ्य, प्रमाण र विषयवस्तु नै हुनेछन् । हामी प्रण गर्छौं, क्षणिक भिजिटर बढाउने नाममा हामी हाम्रा पाठकलाई अन्याय गर्ने छैनौँ। 

यी दुई वर्षमा हामीलाई साथ, सहयोग र हौसला दिने आमपाठक, विज्ञापनदाता, सुभेच्छुक सबैप्रति विशेष धन्यवाद दिन चाहन्छौँ । 
 

प्रकाशित मिति: १०:२२ बजे, शनिबार, माघ १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘जब चिनी तीतो हुन्छ’
‘जब चिनी तीतो हुन्छ’