Kathmandu Press

धनराज गुरुङकी पूर्वपत्नी ज्योतीविरुद्ध १७ करोड ७२ लाख ठगीको अभियोग 

जिल्ला सरकारी वकीलको कार्यालय ललितपुरले मितेरी बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम सङ्गठित रूपमा ठगी गरेको आरोपसहित सजायको माग राखेर मुद्दा दर्ता गरेका हो। 
धनराज गुरुङकी पूर्वपत्नी ज्योतीविरुद्ध १७ करोड ७२ लाख ठगीको अभियोग 

काठमाडौँ, भदौ १ : मितेरी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योती गुरुङविरुद्ध १७ करोड ७२ लाख ठगी गरेको आरोपसहित ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकीलको कार्यालय ललितपुरले मितेरी बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम सङ्गठित रूपमा ठगी गरेको आरोपसहित सजायको माग राखेर मुद्दा दर्ता गरेका हो। 

Hardik ivf

ज्योतिसँग कुल १७ करोड ७२ लाख ठगी गरेको ७ हजार १७४ रूपैयाँ विगो दाबी गरिएको छ । अभियोगपत्रमा ज्योतिसहित ज्योती बहादुर भण्डारी, सुवास खत्री, अर्जुन आरम, प्रदीप भन्ने प्रितम अधिकारी, सुरेश अधिकारी, विजय कुमार राई र कुम्भराज गुरुङलाई पनि प्रतिवादी बनाइएको छ।

सरकारी वकीलले ज्योति गुरुङ, अर्जुन आरम, कुम्भराज गुरुङ, विजय कुमार राई र प्रदीप भन्ने प्रितम अधिकारीलाई फरार देखाउँदै पक्राउ पूर्जी जारी गर्न माग गरेको छ । ज्योतिले मितेरी बचत तथा ऋण सहकारी संस्थाका १४२ जना बचतकर्ताहरूको रकम ठगेको आरोप छ। 

सबै प्रतिबादीहरुलाई फरक फरक विगो मागदाबी गर्दै विगोको अनुपातमा जरिवाना र जेल सजाय माग गरिएके छ । ललितपुरको महालक्ष्मीस्थानको मितेरी सहकारी ठगीमा संलग्नताको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन जनालाई पक्राउ गरी अनुसन्धान प्रतिवेदन बुझाएको थियो। 

उक्त प्रतिवेदनका आधारमा ८ जनाविरुद्ध ठगी, लिखत, अभौतिक मुद्रा, नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर र संगठित अपराधसम्बन्धी कसुरमा आइतबार सरकारी वकिल कार्यालयले जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता भएको हो। 


 

प्रकाशित मिति: २०:०१ बजे, आइतबार, भदौ १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्