Kathmandu Press

एक्जिट पोल नतिजा : भारतमा फेरि मोदी सरकार

काठमाडाैँ, जेठ ५ :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले  फेरि बहुमत हासिल गर्ने र ....

एक्जिट पोल नतिजा : भारतमा फेरि मोदी सरकार
Hardik ivfHardik ivf

काठमाडाैँ, जेठ ५ :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले  फेरि बहुमत हासिल गर्ने र मोदी नै प्रधानमन्त्री बन्ने विभिन्न एक्जिट पोलहरूले देखाएका छन्। 

गत चैत २८ गतेसुरु भएको भारतीय लोक सभा निर्वाचन आज आइतबार सकिएको छ। झण्डै डेढ महिनासम्म चलेको यो चुनावअन्तर्गत विभिन्न सात चरणमा मतदान भएको थियो। अन्तिम चरणको मतदान नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहार, हिमाञ्चल प्रदेश, झारखण्ड र मध्य प्रदेशमा भएको थियो।

अन्तिम चरणको मतदान सकिने बित्तिकै विभिन्न एक्जिट पोलका नतिजाहरू आउने क्रम सुरु भएको छ। एक्जिट पोलका नतिजा धेरै हदसम्म चुनावको वास्तविक नतिजासँग मेल खाने गरेका छन्। 

भारतीय मिडिया टाइम्स नाउ र भीएमआरको एक्जिट पोलले भाजपा नेतृत्वको गठबन्धन नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए)ले ५४३ मध्ये ३०६ सिट जित्ने देखाएको छ। यसभन्दा केही सिट कम आए पनि एनडीएले सजिलै सरकार बनाउनेछ र मोदीले फेरि अर्को पाँच वर्ष भारतको राजपाट चलाउनेछन्। 

कंग्रेस नेतृत्वको गठबन्धन युनाइटेड प्रोग्रेसिभ एलाइन्स (यूपीए)ले भने १३२ सिट मात्रै जित्नेछ। भाजपा र कंग्रेस दुबैको विरोध गर्ने दलहरू मिलेर बनेको महागठबन्धनले भने २० सिट मात्रै ल्याउनेछ। बाँकी ८४ सिटमा विभिन्न क्षेत्रीय दलहरूले कब्जा जमाउनेछन्। महागठबन्धन र अन्य साना दलसँग मिले पनि यूपीएलाई सरकार बनाउन बहुमत पुग्ने स्थिति छैन। 

सी–भोटरले गरेको अर्को एक्जिट पोललाई पत्याउने हो भने एनडीएले २८७ सिट मात्रै ल्याउनेछ। तर, यो पनि मोदीलाई फेरि प्रधानमन्त्री बन्न पर्याप्त हुनेछ। यो पोल अनुसार यूपीएले केही बढी सिट त ल्याउनेछ, तर उसको कुल संख्या (१२८) पर्याप्त हुनेछ। महागठबन्धनले ४० सिट ल्याउनेछ भने बाँकी ८७ सिटमा विभिन्न साना दलले कब्जा जमाउनेछन्। 

पोल अफ पोलका अनुसार पनि एनडीएको बहुमत आउनेछ। यो पोल अनुसार एनडीएले २९६ सिट ल्याउनेछ भने यूपीएले १२६ सिट ल्याउनेछ। यो पोलले महागठबन्धलाई पनि अन्य दलकै श्रेणीमा राखेको छ। महागठबन्धन र अन्य दल मिलेर १२० सिट ल्याउने निष्कर्ष यो सर्वेक्षणको छ।

इन्डिया टुडे र माई एक्सिसले अलि ढिलो नतिजा सार्वजनिक ग¥यो। तर, यो पोल अनुसार पनि मोदीकै गठबन्धन अगाडि छ। आइतबार राति ७ः ४० बजेसम्मको नतिजाअनुसार एनडीएले १६५ सिट र यूपीएले ८१ सिट ल्याउनेछ। बाँकी दलले ४४ सिट ल्याउनेछ।

प्रकाशित मिति: २०:०८ बजे, आइतबार, जेठ ५, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्