Kathmandu Press

मोदीले ध्यान गरेको गुफामा बस्ने हो? भारु ९९० तिरे पुग्छ

काठमाडौं , जेठ ५ :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गेरु वस्त्र लगाएर केदारनाथ धामको गुफामा ध्यान गरेका तस्वीरहरू अहिले निकै चर्चित बनेका छन्। 

....
मोदीले ध्यान गरेको गुफामा बस्ने हो? भारु ९९० तिरे पुग्छ

काठमाडौं , जेठ ५ :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गेरु वस्त्र लगाएर केदारनाथ धामको गुफामा ध्यान गरेका तस्वीरहरू अहिले निकै चर्चित बनेका छन्। 

लोकसभा चुनावको चटारोमा रहेका मोदी भारतीय निर्वाचन आयोगको विशेष स्वीकृति लिएर अन्तिम चरणको मतदानअघि शनिबार उत्तराखण्डको केदारनाथ धाम पुगेका थिए।

त्यहाँ एउटा गुफामा मोदीले करिब १७ घण्टा ध्यान गरेका थिए। मोदीका ध्यानमग्न तस्वीरहरू सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले ट्वीटरमार्फत सार्वजनिक गरेको छ।

Hardik ivf

भाजपाले मोदी हिमालयमा एक्लै हिँडिरहेको तस्वीरहरू पनि सार्वजनिक गरेको छ। ध्यान सकिएपछि आइतबार विहान मिडियासँग कुराकानी गर्दै मोदीले ‘एकान्तमा केही समय बिताउने र आफ्नो कामबारे मनन गर्ने’ अनुमति दिएकोमा निर्वाचन आयोगलाई धन्यवाद दिए।

हिन्दूहरूको पवित्र तीर्थस्थल केदारनाथमा आराधना गर्दा आफूले भगवानसँग केही नमागेको पनि मोदीले सञ्चारकर्मीहरूले बताए। एक सञ्चारकर्मीले सोधेका थिए, ‘लोकसभा चुनावमा आफ्नो विजयको आशिर्वाद पनि माग्नुभएन?’

मोदीले भने, ‘भगवानसँग केही मागिनँ, जितको आशिर्वाद पनि मागिनँ।’ 

मोदीले ध्यान गरेको गुफा केदारनाथ मन्दिरभन्दा करिब एक किलोमिटर उत्तरमा छ। यो ध्यान गुफा मोदीकै सुझावअनुसार निर्माण गरिएको गढवाल मण्डल विकास समितिले जनाएको छ।

रुद्र ध्यान गुफा नामाकरण गरिएको यो एकान्त स्थानमा भारतीय प्रधानमन्त्री वा विशिष्ट व्यक्तिहरूले मात्र होइनन्,  सर्वसाधारणहरूले पनि ध्यान गर्न सक्छन्। यहाँ ध्यान गर्न दैनिक भारु ९९० तिरे पुग्छ। गत साल निर्माण गरिएको यो गुफाको दैनिक शुल्क सुरुमा भारु ३,००० हजार राखिएको थियो। तर, यति महङ्गो शुल्क तिरेर यो गुफामा ध्यान गर्ने मानिसहरू धेरै भेटिएनन्।

यस्तै, पहिले कम्तीमा तीन दिनका लागि गुफा बुक गर्नुपर्ने नियम थियो। अहिले त्यो नियम पनि हटाइएको छ। एक दिन मात्रै गुफा बुक गरेर पनि ध्यान गर्न सकिन्छ।

गुफाको भित्री संरचना आदिम शैलीको छ। तर, गुफा बाहिर भने बिजुली, खानेपानी र शौचालय सुविधा छ। यहाँ ध्यान गर्नेलाई निगमले विहानको नास्ता, दिउँसो र बेलुकीको खाना र दिनमा दुईपटक चिया पनि प्रदान गर्छ।

गुफामा एक पटकमा एक जनाले मात्रै ध्यान गर्न सक्छ। ध्यान नबिथोलियोस् भनेर गुफामा कुनै आधुनिक उपकरणहरू राखिएको छैन। तर, आपत्कालका लागि भनेर एउटा टेलिफोन राखिएको छ।

प्रकाशित मिति: १७:१७ बजे, आइतबार, जेठ ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्