इन्फिनिटी लघुवित्तको लाभांश घोषणा, बुक क्लोज ९ माघमा
इन्फिनिटी लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १५.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । इन्फिनिटीले कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश र १४.७५ बोनस सेयर दिने निर्णय गरेको हो ।
काठमाडौं– इन्फिनिटी लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको १५.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । इन्फिनिटीले कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश र १४.७५ बोनस सेयर दिने निर्णय गरेको हो ।
इन्फिनिटीका अनुसार माघ २४ गते साधारणसभा बस्नेछ । साधारणसभाका लागि माघ ९ गतेदेखि माघ २४ गतेसम्म सेयरधनी दर्ता किताब बन्द रहनेछ ।
प्रकाशित मिति: १२:४० बजे, बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार