Kathmandu Press

ढल शुद्धीकरणका लागि  एक अर्बको योजना 

बागलुङ बजारको ढल शुद्धीकरणका लागि झन्डै १ अर्बको आयोजनाका काम थालनी गरिएको छ । दुई वर्षदेखि डिपिआर निर्माण थालिएको बागलुङ बजार ढल व्यवस्थापन तथा शुद्धीकरण आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भई निर्माणको चरणमा पुगेको छ ।          
ढल शुद्धीकरणका लागि  एक अर्बको योजना 

बागलुङ बजारको ढल शुद्धीकरणका लागि झन्डै १ अर्बको आयोजनाका काम थालनी गरिएको छ । दुई वर्षदेखि डिपिआर निर्माण थालिएको बागलुङ बजार ढल व्यवस्थापन तथा शुद्धीकरण आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भई निर्माणको चरणमा पुगेको छ ।     
     
बजार क्षेत्रबाट उत्पादन भएको ढल तथा फोहर ट्रिटमेन्ट प्लान्टमार्फत प्रशोधन गरी शुद्ध बनाएर नदीमा मिसाउने योजनाअनुसार काम शुरु गर्न लागिएको हो । डिपिआर तयार गरी ठेक्का प्रक्रियामा जानुअघि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन विभाग, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन विभाग पोखरा तथा बागलुङ नगरपालिकाका प्राविधिकद्वारा आयोजनाको ट्रिटमेन्ट प्लान्ट तथा ढल निकास गर्ने मुख्यस्थलको पुनःअवलोकनसमेत गरी सकिएको छ ।     
     
बागलुङ बजार क्षेत्रमा रहेको अव्यवस्थित ढल, सेफ्टी ट्याङ्की तथा उद्योगबाट निस्कने फोहरलाई व्यवस्थापन र कालीगण्डकी नदीमा बढ्दो प्रदूषणलाई रोक्नका लागि डिपिआर तयार गरी आयोजना निर्माण थालिएको खानेपानी तथा ढल निकास विभागले जनाएको छ । 
तीन वर्षमा सक्ने गरी शुरु गर्न लागिएको आयोजनाका लागि चालु आर्थिक वर्षमा  १२ करोड बजेट विनियोजन गरिएको छ ।

बागलुङ बजारको ढल, बर्खाको भेल र उद्योगबाट निस्कने फोहर अव्यवस्थितरूपमा नालीमा जम्ने, बागलुङ बजार जलमग्न हुनुका साथै प्रदूषण हुने भएकाले सडकमुनि पाइप बिछ्याएर सिधै प्लान्टमा लगिने र प्रशोधनपश्चात नदीमा मिसाइने खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत ढल निकास तथा प्रशोधन कार्यक्रमका सिनियर डिभिजन इञ्जिनीयर प्रभात श्रेष्ठले बताए । 

ढल निकासलाई व्यवस्थित गर्ने र बागलुङ बजार क्षेत्रका सबै घरलाई समेट्ने गरी बागलुङ नगरपालिकाले डिपिआर गर्नुपूर्व नै पटक–पटक सर्वपक्षीय छलफलपश्चात आयोजना अगाडि बढेको बागलुङ नगरपालिकाका इन्जिनियर गौरव शर्माले जानकारी दिए । 
 

प्रकाशित मिति: १९:०५ बजे, मंगलबार, पुस २८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्