Kathmandu Press

लगातार नयाँ नयाँ उच्च बिन्दु बनाउँदै नेप्से

लगातार  चार काराेबारसम्म उच्च बिन्दुको नयाँ रेकर्ड बनाएको नेप्सेले आज पनि अल टाइम हाइको नयाँ रेकर्ड बनाएको छ । नेप्से  परिसूचक २८‍.३१ अं‌कले बढेर २ हजार २६७‍.७३ अ‌कको नयाँ रेकर्ड बनाएको हो ।
लगातार नयाँ नयाँ उच्च बिन्दु बनाउँदै नेप्से

काठमाडौं– लगातार  चार काराेबारसम्म उच्च बिन्दुको नयाँ रेकर्ड बनाएको नेप्सेले आज पनि अल टाइम हाइको नयाँ रेकर्ड बनाएको छ । नेप्से  परिसूचक २८‍.३१ अं‌कले बढेर २ हजार २६७‍.७३ अ‌कको नयाँ रेकर्ड बनाएको हो ।

गत बिहीबारदेखि नेप्स परिसूचकले लगातार आजसम्म उच्च बिन्दुको नयाँ रेकर्ड कायम गरेको छ । नेप्सेका अनुसार ४ अर्ब, ९८ करोड, २३ लाख ९१ हजरा ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आईएमई जेनरल इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, युनाइटेड फाइन्नास, अपर तामाकोशी हाइड्रो पावरलगायत कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने नेपाल हाइड्रो, प्रिमियम इन्स्योरेन्स, सिभिल लघुवित्तलगायत कम्पनीको मूल्य  घटेको छ ।

प्रकाशित मिति: १५:४१ बजे, मंगलबार, पुस २८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्