
काठमाडौं– नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर बिक्री गर्न बुधबार बुक क्लोज गर्ने भएको छ । नारायणीले चुक्ता पुँजीको १ः१ का दरले हकप्रद वितरण गर्न बुधबार (२९ पुस) बुक क्लोज गर्ने भएको हो ।
आज (मंगलबार)सम्म कायम सेयरधनीले मात्र सो हकप्रदमा आवेदन दिन पाउनेछन् । नारायणीले एक सय रुपैयाँ अंकित मूल्यमा ६ लाख ५६७ हजार १६९ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । १३ माघबाट जारी गर्ने हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।