Kathmandu Press

साप्ताहिक शेयर विश्लेषण : यो साता सबै सेक्टरमा उकालो

ट्रेडिङ्ग उपसुचकमा ७ प्रतिशतको वृद्धि आउँदा दोस्रोमा निर्जीवन बीमा उपसुचकमा ६ दशमलव ७४ प्रतिशतको वृद्धि देखिएको छ। यो साता कुनै पनि सेक्टरमा गिरावट देखिएन। 
साप्ताहिक शेयर विश्लेषण : यो साता सबै सेक्टरमा उकालो
Hardik ivfHardik ivf

काठमाडौं, पुस २५ : यो साता नेप्से परिसूचक १०७ दशमलव २१ अंंकले वृद्धि भएको छ। नेप्से परिसूचक अघिल्लो साताको अन्तिम कारोबार दिन २०८७ दशमलव २७ को विन्दुमा बन्द भएकोमा यो सातासम्म आउँदा नेप्से परिसूचक २१९४ दशमलव ४८ को विन्दुमा बन्द भएको छ । 

यो साता पाँच दिन नै शेयर कारोबार भएको थियो ।
 
उपसूचकबारे कुरा गर्दा यो साता ट्रेडिङ्ग उपसुचकका शेयरधनीले राम्रो कमाएका छन्।  ट्रेडिङ्ग उपसुचकमा ७ प्रतिशतको वृद्धि आउँदा दोस्रोमा निर्जीवन बीमा उपसुचकमा ६ दशमलव ७४ प्रतिशतको वृद्धि देखिएको छ। यो साता कुनै पनि सेक्टरमा गिरावट देखिएन । 

यो साता नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको १ अर्ब ६२ करोडको शेयर कारोबार हुँदा दोस्रोमा नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ४४ करोडको शेयर कारोबार भएको छ । त्यस्तै शिखर इन्स्योरेन्सको यो साता १ अर्ब ३८ करोडको शेयर कारोवार भएको छ ।  

साताको प्राविधिक विश्लेषण

खुल्ला बिन्दु : २१०४.८६ । उच्च बिन्दु :२२१६।६४ । न्यून बिन्दुः २१०४.८१ । अन्तिम बिन्दुः २१९४.४८

प्रतिरोध २ः २२१६ । प्रतिरोध १ः २२०० । टेवा १ः २१५० । टेवा २ः २१०० 

चित्र नं १ : नेप्से साप्ताहिक मैनबत्ती प्रवृत्ति 

चित्र नं १ मा साप्ताहिक मैनबत्ती बिश्लेषण अनुसार यो साता २१०० को मनोबौज्ञाकिन प्रतिरोधलाई निश्चित रुपमा तोढ्न सफल भएको छ। अब बजारले मुख्य प्रतिरोध २२०० देखि २३०० को क्षेत्रलाई सामना गरि रहेको देखिन्छ।। 

चित्र नं २ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

 चित्र नं.२ मा, दैनिक मैनबत्ती प्रवृत्ति देखाईएको छ। यसले यो साता २२०० र २३०० को मुख्य प्रतिरोध क्षेत्रलाई दुई चोटी परिक्षण गरि रहेको देखिन्छ। हालसम्म नेप्सेको प्रवुत्ति सकारात्मक रहेको देखिन्छ। 

चित्र नं ३ : नेप्से एक घण्टाको मैनबत्ती प्रवृत्ति
 
चित्र नं.३ मा, एक घण्टा मैनबत्ती प्रवृत्ति देखाईएको छ। यसको प्रवृत्तिले पनि दैनिकी मैनबत्तीले जस्तै माथिल्लो प्रतिरोधलाई दुई चोटी सामना गरेको छ। 

समग्रमा हेर्दा बजारले हालसम्म सकारात्मक संकेत गरे पनि हाल बजार मुख्य प्रतिरोध अर्थात  विक्रेताहरु आउनु सक्ने क्षेत्रमा रहेकोले लगानीकर्ताहरु सजग रहनु पर्ने देखिन्छ। 

प्रकाशित मिति: ११:५५ बजे, शनिबार, पुस २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्