Kathmandu Press

बेलायतमा लकडाउन हटाउने तयारी 

काठमाडौं, मंसिर १६ : बेलायत सरकारले कोरोना सङ्क्रमण जोखिमका कारण गरेको लकडाउन हटाउने तयारी गरेको छ । यद्यपी, सङ्क्रमणको जोखिम रहेका क्षेत्रमा केही...
बेलायतमा लकडाउन हटाउने तयारी 
Hardik ivfHardik ivf

काठमाडौं, मंसिर १६ : बेलायत सरकारले कोरोना सङ्क्रमण जोखिमका कारण गरेको लकडाउन हटाउने तयारी गरेको छ । यद्यपी, सङ्क्रमणको जोखिम रहेका क्षेत्रमा केही प्रतिबन्धहरू भने लागू हुनेछन् ।

बेलायत सरकारले डिसेम्बर २ अर्थात् भोलिदेखि राष्ट्रिय लकडाउन अन्त्य गरी जोखिम र सङ्क्रमण वृद्धिका आधारमा क्षेत्रगत प्रतिबन्ध लागू गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

लकडाउन हटाउने गरेर अघिल्लो हप्ता बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘कोभिड विन्टर प्लान’ को घोषणा गरेका थिए । जस अनुसार सङ्क्रमणको स्तरका आधारमा अति उच्च, उच्च र मध्यम गरी तीन तहमा विभाजन गरी प्रतिबन्ध लागू गरिनेछ ।

अहिले बन्द रहेका व्यवसाय, रेष्टुरेन्ट, जीमखाना लगायत सञ्चालन हुने भएका छन्  । बेलायतले क्रिसमस पर्वका बेला लकडाउन खुकुलो बनाउन लागेको हो ।

कोभिड १९ को सङ्क्रमण फैलिने क्रम बढेसँगै बेलायत सरकारले गएको नोभेम्बर ५ देखि डिसेम्बर २ अर्थात् भोलिसम्मका लागि राष्ट्रिय लकडाउन गरेको थियो ।

प्रकाशित मिति: १२:४९ बजे, मंगलबार, मंसिर १६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्