
काठमाडौं, मंसिर १४ : गायिका एलिना चौहान र गायक प्रशान्त पौडेलको नयाँ गीत ‘लाहुरे हरायो’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रशान्तकै शब्द र संगीतमा एबीएस म्युजिकले म्युजिक भिडियो ल्याएको हो। यसको निर्देशन अनिल कुमार मानन्धरले गरेका छन्।
यो म्युजिक भिडियोमा एलिना र प्रशान्तकै अभिनय रहेको छ। यसलाई आशिस भाइले छायाँकन गरेका हुन्। तुल्सी फिल्मस्ले निर्माण गरेको म्युजिक भिडियाको श्याम कुँवरले सम्पादन गरेका हुन्।