Kathmandu Press

भारतमा कोरोना संक्रमणबाट १ लाख ३४ हजार बढीले ज्यान गुमाए 

काठमाडौ, मंसिर ९ : भारतमा १ लाख ३४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा थप ४७८ जनाको मृत्यु भएसँगै...
भारतमा कोरोना संक्रमणबाट १ लाख ३४ हजार बढीले ज्यान गुमाए 

काठमाडौ, मंसिर ९ : भारतमा १ लाख ३४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ४७८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार २५१ पुगेको हो । यस्तै पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३७ हजारभन्दा बढी संक्रमित भएका छन् ।

Hardik ivf

थप ३७ हजार ३२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९१ लाख ७७ हजार ६४१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८६ लाख ३ हजार ४६३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: १२:४२ बजे, मंगलबार, मंसिर ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्