सर्वोच्चको मुख्य रजिष्ट्रारमा पौडेलको सिफारिस
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको आयोग बैठकले रजिस्ट्रार पौडेललाई मुख्य रजिस्ट्रारमा बढुवाका लागि सिफारिस गरेको हो।
काठमाडौं, साउन १२ : न्याय सेवा आयोगको सोमबार बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई नियुक्त गर्न सिफारिस गरेको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको आयोग बैठकले रजिस्ट्रार पौडेललाई मुख्य रजिस्ट्रारमा बढुवाका लागि सिफारिस गरेको हो। यसअघिका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबार अनिवार्य अवकासमा गएका थिए। रिक्त पदमा पौडेललाई सिफारिस गरिएको हो।
रिक्त एक रजिस्ट्रार पदमा सर्वोच्च अदालतकै सहरजिस्ट्रार मानबहादुर कार्कीलाई सिफारिस गर्ने निर्णय गरिएको छ। मन्त्रिपरिषद्ले बढुवाको निर्णय गरेपछि मुख्य रजिष्ट्रार र रजिष्ट्रारको पदस्थापन हुनेछ।
यस्तै, न्याय सेवा आयोगले कानुनका दुई सहसचिवलाई पनि सचिवमा बढुवा बढुवा गर्न सिफारस गरेको छ। आयोगको बैठकले निर्मला अधिकारी भट्टराईलाई सचिवमा बढुवा गर्दै सत्य निरुपण आयोगको सचिवमा पदस्थापन गर्न सिफारिस गरेको छ । भट्टराई हाल कायममुकायम सचिव थिइन्।
आयोग बैठकको निर्णय अनुसार सहसचिव इन्दिरा दाहाल भट्टराई पनि सचिवमा बढुवाका लागि सिफारिस भएकी छन् । उनलाई कानुन आयोगमा पदस्थापन गर्न सिफारिस गरिएको छ।
यस्तै, सूर्यराज दाहाल नायब महान्यायाधिवक्तामा बढुवाका लागि सिफारिस भएका छन् । उनी हाल कामु नायब महान्यायाधिवक्ता छन्। दाहाललाई बढुवापछि बेपत्ता आयोगको सचिवमा पदस्थापन हुने भएका छन्।
हाल बेपत्ता आयोगका सचिव रहेका खेमराज ज्ञवालीलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ। उनी पनि नायब महान्यायाधिवक्तामा कार्यरत छन्। उनीहरुको पनि मन्त्रिपरिषद्ले बढुवाको निर्णय गरेपछि मात्र उनीहरू पदस्थापन हुनेछ ।



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)