Kathmandu Press

जर्मनीमा कोभिड १९ का संक्रमितको संख्या ९ लाखभन्दा बढी 

जर्मनीमा कोभिड १९ का संक्रमितको संख्या ९ लाखभन्दा बढी 

बर्लिन, मंसिर ८ : जर्मनीमा कोभिड १९ का संक्रमितहरुको संख्या ९ लाख नाघेको बताइएको छ। गएको २४ घण्टामा यहाँ १० हजार ८६४ जना नयाँ सङ्क्रमित थपिएका छन्। योसँगै यहाँ कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या ९ लाख २९ हजार १३३ जना पुगेको हो।

यहाँ यस सङ्क्रमणबाट कम्तीमा पनि १४ हजार ११२ जनाको मृत्यु भएको छ। जर्मनीका अधिकारीहरूले गएको २४ घन्टामा कम्तीमा पनि  ९० जनाकोे ज्यान गएको बताएका छन्। 

Hardik ivf

जर्मनीको स्वास्थ्य मन्त्रालयले यहाँ पछिल्ला केही दिनहरूमा कोरोना सङ्क्रमितहरूको मृत्युको दर बढ्दै गएको बताएको छ। जर्मनीमा कोभिडको दोस्रो वेभ आएको बताइएको थियो। त्यसैले पनि यहाँ यस नोभेम्बर महिनादेखि कतिपय क्षेत्रमा लकडाउन गरिएको छ।

तर यसको यहाँका नागरिकले विरोध गरिरहेका छन्। त्यसैले जर्मनीको केन्द्र सरकारले भने यो लकडाउनको अवस्थालाई थप विस्तार नगरिने जनाएको छ।

प्रकाशित मिति: २२:४७ बजे, सोमबार, मंसिर ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्