Kathmandu Press

नाजेरियामा बन्दुकधारीहरुले मस्जिदमा हमला, पाँचको हत्या, १८ जना अपहरित

अबुजा, मंसिर ८ : नाजेरियामा शुक्रबार यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन्। यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको...
नाजेरियामा बन्दुकधारीहरुले मस्जिदमा हमला, पाँचको हत्या, १८ जना अपहरित

अबुजा, मंसिर ८ : नाजेरियामा शुक्रबार यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन्। यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ।

नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीहरुले आक्रमण गरेका प्रहरीले आइतबार पुष्टि गरेको समाचारमा जनाइएको छ।

Hardik ivf

त्यस बन्दुक हमलामा परी पाँच जनाको ज्यान गएको छ भने उनीहरुले अरु कम्तीमा पनि १८ जनालाई अपहरण गरेर लगेका छन्। नाइजेरियाको मोराउ स्थानीय सरकारको जाफिरा भन्ने स्थानको मस्जिदमा सो घटना भएको हो। शुक्रबार प्रार्थनाको समयमा आएका कैयौँ बन्दुकधारीहरुले बन्दुक हमला गर्दा त्यहाँ रहेका पाँच जनाको ज्यान गएको र अरु १८ जनालाई उनीहरुले नै अपहरण गरेर लगेका थिए।

मोटर साइकलमा आएका अज्ञात बन्दुकधारीहरुले गाउँतर्फ फर्किएर पनि हवाई फायर गरेका थिए। उनीहरुले मस्जिदमा हमला गरे पछि उनीहरु सँगै आएको बसमा ती अपहरित १८ जनालाई लगेर गएका थिए।

यस घटनाको बारेमा अनुसन्धान शुरु भएको यहाँको प्रहरीले जनाएको छ। यहाँको प्रहरीका अनुसार पछिल्ला केही समययता नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा यस्ता हत्या र अपहरणका घटनाहरु बढेका छन्।

प्रकाशित मिति: १८:५४ बजे, सोमबार, मंसिर ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्