Kathmandu Press

कोरोना कहर : विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ६८ लाख

काठमाडौ, मंसिर ८ : कोरोना भाइरसको संक्रमणबाट विश्वभरका सक्रिय संक्रमितको संख्या १ करोड ६८ लाख पुगेको छ ।पछिल्लो २४ घण्टामा ४ लाख ८९ हजार...
कोरोना कहर : विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ६८ लाख

काठमाडौ, मंसिर ८ : कोरोना भाइरसको संक्रमणबाट विश्वभरका सक्रिय संक्रमितको संख्या १ करोड ६८ लाख पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ८९ हजार १२ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ६८ लाख २२ हजार ५७२ पुगेको छ । यसमध्ये १ लाख ३ हजार ५७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ५ करोड ८९ लाख ८० हजार ५९ पुगेको छ । त्यसमध्ये ४ करोड ७ लाख ६३ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ४०९ जनाको मृत्यु भएको छ ।

यो सँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १३ लाख ९३ हजार ५३७ पुगेको छ । संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् । बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यू नै जारी गरेका छन् । 

प्रकाशित मिति: १४:०४ बजे, सोमबार, मंसिर ८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्