Kathmandu Press

विश्वभरमा सक्रिय कोरोना संक्रमितको संख्या १ करोड ६६ लाख

काठमाडौ, मंसिर ७ : कोरोना भाइरसको संक्रमणबाट विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ६६ लाख पुगेको छ । पछिल्लो २४ घण्टामा ५ लाख...
विश्वभरमा सक्रिय कोरोना संक्रमितको संख्या १ करोड ६६ लाख
Hardik ivfHardik ivf

काठमाडौ, मंसिर ७ : कोरोना भाइरसको संक्रमणबाट विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ६६ लाख पुगेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ७६ हजार ५७६ जनामा संक्रमण भएको छ ।

यो सँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ६६ लाख ३० हजार ३७८ पुगेको छ । यसमध्ये १ लाख २ हजार ३९१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ५ करोड ८४ लाख ७५ हजार ७४९ पुगेको छ ।

त्यसमध्ये ४ करोड ४ लाख ५९ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १० हजार ८१९ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १३ लाख ८५ हजार ७७५ पुगेको छ । संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्।

संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् ।  संक्रमितको संख्या दैनिकजसो नयाँ रेकर्ड कायम हुँदै गएको अमेरिकामा फेरि प्रतिबन्धहरु सुरू भएका छन् ।

प्रकाशित मिति: १३:४१ बजे, आइतबार, मंसिर ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्